काठमाडौं । बागमती प्रदेश सरकारले ट्याक्सी भाडादर बढाएको छ । बढेको भाडादर आजदेखि लागू भएको छ ।
Advertisement
नयाँ भाडादर अनुसार ट्यक्सीमा सुरुवाती कलमा ५० रुपैयाँ, प्रति दुई सय मिटरमा १० रुपैयाँ, जाममा रोकिनु पर्दाको प्रतिक्षा शुल्क प्रति १ मिनेटको १ रुपैयाँ २० पैसा र प्रतिक्षा अधिकतम समय ३० मिनेट कायम गरिएको छ।
अब प्रतिदिन ६० वटा ट्याक्सीको मिटरमा भाडा समायोजन गरिने गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
बागमती सरकारले बढाएको भाडादर अन्य यातायातका साधनमा वैशाख १ देखि नै लागू भएको थियो ।