शकर प्रसाद पेख्रेल,गुल्मी ।
गुल्मीको मदाने गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको गाउँ भेला सम्पन्न भएको छ । शुक्रबार पुर्कोट दहमा आयोजित भेलामा सीमा अतिक्रमण विरुद्ध बिरोध सभासहित गाउँ भेला गरिएको हो ।
कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा गुल्मीका सचिव छबिलाल सर्तुङ्गीले सम्बोधन गर्दै भारतीय साम्राज्यवाद विरुद्ध सम्पुर्ण नेपाली एकजुट भएर संघर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बिरोध सभाको अध्यक्षता चन्द्र प्रसाद भट्टराईले गर्नुभएको थियो भने सञ्चालन चिन्तामणि भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार पृथ्वी कुंवर र अखिल (छैटौं)का केन्द्रीय सदस्य चोप बहादुर बिकले मन्तब्य राख्नु भएको थियो ।
भेलाले चिन्तामणि भट्टराईको अध्यक्षतामा ११ सदस्यीय मदाने गाउँ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा अनन्त अर्याल, सचिव चन्द्र प्रसाद भट्टराई, सह सचिव टीका केसी, कोषाध्यक्ष बिष्णु कुँवर रहनुभएको छ । सदस्यहरुमा डोर प्रसाद, खिम बहादुर कुँवर, प्रेम अर्याल, ओम बहादुर कुँवर र दुई स्थान रिक्त राखिएको छ ।
नवनिर्वाचित समितिलाई राष्ट्रिय जनमोर्चा जिल्ला समितिका सचिव छबिलाल सर्तुङ्गीले बधाई दिनुभएको थियो ।


