• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

नेकपा (मसाल) को राजनीतिबाट धेरै नै प्रभावित छु

"खुला छलफलमार्फत भारतलाई साम्राज्यवाद घोषणा गर्नु महत्वपुर्ण कदम "

  •   बुधबार, मङि्सर १८, २०७६ मा प्रकाशित
  • मोनिका गार्टनर, संयोजक, आईसीओआर

    Advertisement

    क्रान्तिकारी पार्टी तथा संगठनहरुको अन्तर्राष्ट्रिय संगठन (आईसीओआर) का संयोजक मोनिका गार्टनर केही समय अघि नेपाल आउनुभएको थियो । नेपाल बसाईका क्रममा हामीले गार्टनरसँग भेटेर विभिन्न विषयमा कुराकानी गरेका थियौँ । आईसीओआरको गतिविधि, विश्व कम्युनिष्ट आन्दोलनको अवस्था, नेपालको पछिल्लो अवस्थाप्रतिको मूल्यांकन लगायतका विभिन्न विषयमा जिज्ञासा राखेका थियौँ । प्रस्तुत छ, संयोजक गार्टनरसँग अखिल (छैठौं)का केन्द्रीय सचिव सुभाष जिसीको सहयोगमा सम्पादक विद्यानाथ अधिकारीले गरेको कुराकानी ।

    यहाँको नेपाल बसाई कस्तो रह्यो ?
    नेपालमा हामी एकदमै खुशी छौँ । भ्रमण एकदमै सफल भयो । अहिले छुट्टिका दिन थिए ।यति सुन्दर देशमा विदा मनाउने काम मात्रै नभएर सुन्दर मान्छेहरुसँग पनि भेटघाट भयो । मेरो नेपाल आगमन पाँचौ पटक हो । नेपालमा तपाईंहरुको न्यानो स्वागत र आतिथ्यताप्रति म आभारी छु ।

     यस अघि आउँदा र अहिले नेपालमाके कस्तो फरक पाउनुभयो ?
    नेपालमा भएको परिवर्तनदेखि म प्रभावित छु । त्यो परिवर्तन थुपै्र तहमा भएको छ । म यो भन्दा अघिल्लो पटक आउँदा यहाँ भारतको नाकावन्दी थियो । त्यतिबेला भारतविरुद्व नेपालमा ठुलो जनमत पनि बनेको थियो रनाकावन्दीले नेपालको जनजीवन धेरै नै प्रभावित बनेको थियो । अहिले नेपालमाथि भारतीय साम्राज्यवाद कमजोर भएको छ ।

    हो, अहिले पनि भारतले नेपालका विरुद्व काम गर्न खोजेको छ । नयाँ वखेडा झिकेको छ । कालापानीलगायत क्षेत्र आफ्नो नक्सामा सामेल गरेको छ । नेपालका सबै दल भारतको वखेडा विरुद्व संघर्षरत छन् । यहाँसम्म कि कांग्रेस पनि लागिरहेको छ ।

    यो ठुलो परिवर्त हो, र नेपालको लागि महत्वपूर्ण कुरा हो । अर्को कुरा, यहाँ मानिसको जीवनस्तरमा पनि कैयौँ परिवर्तन भएको छ ।जनताको जीवनस्तर माथि उठेको छ ।पहिलेको भन्दा प्रत्यक्ष शोषण घटेर गएको छ ।

    मैले महिलाको क्षेत्रमा पनि केही सुधारभएको देखेकी छु । नयाँ संविधानले महिला अधिकारको क्षेत्रमा धेरै कुरा समावेश गरेको छ । धेरै महिलाहरुले आफु आत्मनिभर बन्न खोजेको पाईयो । महिला हिंसाका विषय सार्वजनिक हुन थालेका छन् । भईरहेको छ । यो सकारात्मक हो ।

    केही वर्ष अघिसम्म नेपालमा एनजीओहरुको ठुलो प्रभाव थियो । अहिले त्यो हटेको छ तर सरकारमा सरेको छ । पहिला एनजीओहरुले गर्ने काम अहिले सरकारले नै गर्न थालेको छ । यो गलत हो ।

    अर्को तिर नेपालीमा निम्न पुँजीवादी चिन्तन बढेको पाएकी छु । अहिले मध्यम वर्गीय परिवारमा स्वार्थीपना विकास भएको छ । उनीहरु आफ्नो बारेमा मात्र सोच्छन् । मेरो छोरो यस्तो होस् उस्तो होस् । बाहिर गएर पढोस् धेरै पैसा कमाओस् भन्ने भावना बढेको देखिन्छ ।

    वास्तवमा यसको सट्टा हामी सबैको लागी यी कुरा हुन् भन्ने हुनुपथ्र्यो । सामुहिकताको भावना हुनुपर्ने थियो । तर, निम्न पुँजीवादी चिन्तनका कारण सामुहिकताको भावना घटेर गएको छ ।

     आईसीओआरको स्थापना कुन सन्दर्भमा कसरी भएको हो ?
    आईसीओआरको स्थापना सन् २०१०अक्टोबर ६ मा भएको हो । यो धेरै नै आवश्यक थियो ।थुप्रै देशहरुका बीचमा गठबन्धन गरेर काम गर्नुपर्ने आवश्यकता थियो । सोभियत संघको विघटन पछि विश्व कम्युनिष्ट आन्दोलनमा धेरै ठुलो तरलता थियो ।विश्वमा सम्राज्यवादको खतरा अत्यन्त बढेर गएको थियो । त्यो बीचमा माक्र्सवादी नेनिनवादीहरुको एउटा सम्मेलन भयो र त्यस्तो संस्थाको आवश्यकता महसुस भयो तर खोलिएन ।

    आईकोर संसारभरका क्रान्तिकारीहरुको साझा संगठन हो । आइकोरआपसी सहयोग र सहकार्य गर्ने व्यवहारिक संस्था हो ।हामी सैद्वान्तिक कुराहरुमा छलफल गर्छौं र सहमति भएका विषयमा सहकार्य गरेर काम गर्छौँ । साम्राज्यवादविरुद्ध विश्वप्यापीरुमा संघर्षलाई एकीकृत गर्ने काम हामीले गरेका छौँ । त्यो सँगै हामीले समग्र वातवरणीय रक्षाका लागि पनि देशहरुलाई सजग सचेत बनाउँदै वातावरण बिनासविरुद्ध योजनाबद्धरुपमा काम गर्छौँ ।

    अहिले आईकोरमा सदस्यहरुको संख्या बढिरेको छ । ४९ देशका ५८ वटा संगठनहरु यसका सदस्य छन् । अहिले पाँच वटा महादेशमा संगठन छ ।
    आईकोर अन्तर्राष्ट्रिय सामाजिक क्रान्ति हो । विश्व कम्युनिष्ट आन्दोलनको लक्ष्य प्राप्त गर्ने साझा संगठन हो । सुरुमा आइकोन कोअर्डिनेशन समितिमात्रै हो । तर भविश्यमा कम्युनिष्ट अन्तर्राष्ट्रिय चाहिन्छ । विश्व कम्युनिष्ट अन्तर्राष्ट्रिय पार्टी हुनेछ ।

    अहिलेको लागि हामीले राजनीतिक पार्टी र विचारधारा निर्माण गरिरहेका छौं । अहिले हामीले कडा मिहिनेत गरिरहेका छौं । वुर्जुवा साहित्य, निम्न पूँजीवादी चिन्तनको विरुद्वमा लडिरहनु परेको छ । यो गाह्रो छ तर लड्नु पर्छ ।
    अहिले विभिन्न देशहरुमा क्रान्तिकारी आन्दोलन अगाडिबढेको छ । अहिले राष्ट्रिय क्रान्ति वढेको छ । साम्राज्यवादी देशमा एउटै स्टेपमा समाजवादमा पुग्न सकिन्छ ।

    जसरी साना साना खोलाहरु मिलेर बिशाल नदी बन्छ, त्यसरी नै विश्वभरका देशहरुमा रहेका क्रान्तिकारी पार्टी तथा संगठनहरुले एउटै कोअर्डिनेशन बनाएका छन् । त्यो हो आईकोर ।

     अहिले विश्व कम्युनिष्ट आन्दोलनको मूल अन्तरविरोध के हो भन्ने लाग्छ ?
    अहिले साम्राज्यवादीहरुले संसारभर खतरा वढाईरहेका छन् । साम्राज्यवाद आफैमा खतरा र नराम्रो हो । यसले यो आफैमा संकटग्रस्त छ । आर्थिक, राजनीतिक, वातावरणीय हरेक रुपमा यो खतरा बनेर देखिएको छ । संसारभरका जनताको मुख्य अन्तरविरोध अहिले साम्राज्यवादसँग नै हो ।

    साम्राज्यवादी देशहरुका आपसी टकरावका कारण तेस्रो विश्व युद्व वा अर्को युद्व हुन सक्ने सम्भावना पनि छ । र, अहिले नयाँ साम्राज्यवादी देशहरु पनि उदाउँदै छन् । उनीहरुको विचमा प्रतिष्पर्धा र अन्तर विरोध बढेको छ । यसरी नै साम्राज्यवाद अगाडि बढ्दै गयो भने प्रकृति, वातावरणमा धेरै कष्ट पूर्याउँछ । वेरोजगारी बढाउँछ ।

    यो स्थितिमा हामीले हाम्रा देशहरुमा मात्रै आन्दोलन अगाडि वढाएर पुग्दैन । त्यसैले विश्वप्यापीरुपमा क्रान्तिकारी संगठनहरु विश्वस्तरमै एकीकृत भएर संघर्ष गर्नुपर्छ त्यसैको परिणाम हो आइकोर।

    हामीले यो ध्यान दिएका छौँ  कि, दुईवटा कुरालाई सँगसँगै अगाडि बढाउनुपर्ने हुन्छ । एक राष्ट्रिय रुपमा संगठन र वर्गसंघर्ष र दोस्रो अन्तर्राष्ट्रिय संघर्ष । त्यसकारण देशमा पार्टीलाई व्यवस्थित पार्ने र वर्गसंघर्ष अगाडि वढाउने कामसँगै अन्तर्राष्ट्रिय समन्वय र संघर्षलाई पनि ध्यान दिएका छौँ ।

    संसारको प्रमुख समस्या संशोधनवाद र नयाँ साम्राज्यवादी देशहरु नै हुन्छ । यदी तपाईले नव साम्राज्यवादी देशको विषयमा बुझन सक्नु भएन भने त्यसले भविष्यमा धेरै नै असर पु¥याउँछ । यो धेरै नै महत्वपुर्ण कुरा हो कि तपाईहरुको पार्टी नेकपा (मसाल)ले आफ्नो महाधिवेशनबाट भारतलाई साम्राज्यवादी देशको रुपमा घोषणा गरेको छ । अझ महत्वपूर्ण कुरा यो थियो कि यो बिषयमा तपाईंहरुले खुल्ला छलफल चलाउनु भयो ।

    तपाईहरुले पहिला भारतलाई विस्तारवाद भन्नुभएको थियो । यो एउटा नीति मात्रै हो ।भारतले आर्थिक र भौतिक रुपमा आफ्नो साम्राज्यवादलाई नेपालमा लादिरहेको छ । तपाईहरुले गरेको यो निर्णय विश्व कम्युनिष्ट आन्दोलनलाई नै महत्वपुर्ण पाठ हो ।

    नवसाम्राज्यवादको विषय संसारभर नै छलफलको विषय हो । आइकोरले अहिले विश्वभर नै नव साम्राज्यवादको रुपमा छलफल चलाईरहेको छ । नेकपा (मसाल) ले दिएको सुझाव आइकोरलाई महत्वपूर्ण हुन्छ ।

    तपाईंहरु साम्राज्यवाद विरुद्ध विश्वभरी नै संघर्ष गरिरहनुभएको छ । नेपालमाथि साम्राज्यवादी हस्तक्षेप कस्तो पाउनुभएको छ ?
    मैले माथि पनि भनेँ कि, नेपालमा भारतले आफ्नो साम्राज्यवादी उद्देश्य पुरा गर्न बेलाबेलामा कयौँं बखेडा झिक्ने गरेको छ । तर, यहाँ भारत मात्रै होइन, अरु पनि साम्राज्यवादी देशहरुले चलखेल गरिरहेका छन् । उनीहरुनेपालमा साम्राज्यवादी उद्देश्य पूरा गर्न चाहन्छन् । अमेरिकाले नेपालमा आफ्नो साम्राज्यवादी उद्देश्य पुरा गर्न ठुलो मात्रामा रकम लगानी गरेको छ ।

    हरेक साम्राज्यवाद देशको राष्ट्रिय सार्वभौमिकताका लागि खतरा हो । यो राम्रो होइन कि भारत पछाडी हट्छ र अमेरिका अगाडि बढ्छ । यहाँ चीन पनि छ । यो पनि साम्राज्यवादी देश हो । चीनले आफ्नो साम्राज्यवाद कायम गर्न नेपालीले चाहे अनुसार काम गरिरहेको छ । रेल, बाटो नेपालका लागि सही छ । नेपालीले पैसा तिर्नु परेको छैन ।

    तर यसको अर्थ यो होइन कि नेपाल चाइनामा निर्भर होस् । यदी यो चाइनाको साम्राज्यवादी पोलिसी हुँदैनथ्यो यहाँ वातावरणीय प्रभावको पनि काम गर्नुपथ्र्यो । तर चीनलेभौतिक काममा मात्रै ध्यान दिएको छ । त्यो पनि आफ्नै जनशक्ति ल्याएर ।र यदी चीनको नेपालमासमाजवादी नीतिहुन्थ्यो भने उनीहरुले चिनियाँलाई लिएर भन्दा पनि नेपालीलाई सिकाएर काम गराउने थिए । त्यसका साथै भौतिक निर्माण मात्रै होइन, नेपालमा वातावरणीय प्रवाभ कम गर्ने काम र सिप नेपालीलाई पनि दिने थिए ।

    नेपालले यस्तो कुरावाट साम्राज्यवादी नीति कस्तो हुन्छ भन्ने बुझ्नुपर्छ । माओले भनेका छन्– यदी तिम्रो घरमा बाघ छ भने बाघसँग लडेर घरबाट निकाल्न त सक्छौ तर ब्वाँसो भित्र छिर्न सक्छ ।

    त्यसकारण नेपालीहरुले चाइनाप्रति पनि सोच्नुपर्छ । जुनसुकै बहानामा आएपनि हरेक साम्राज्यवादले देशको सार्वभौमिकतामाथि आँच पु¥याउँछ ।तसर्थ नेपाल सँधै चनाखो रहनुपर्छ र आत्मनिर्भर बन्नुपर्छ ।

     विश्वभरी कम्युनिष्ट आन्दोलन कमजोर भइरहेका बेला नेपालमा भने हँसिया हतौडाको झण्डा बोक्नेहरुले नै बहुमतका साथ सत्ता चलाइरहेका छन् । यो घटनालाई यहाँले कसरी हेर्नुभएको छ ?
    अहिले विश्वभरी नै ध्रुविकरण छ ।विश्व दक्षिणपन्थतिर ढल्किरहेको छ । यो ध्रुविकरणबाट विश्वभरका धेरै मुलुक प्रभावित छन् । विश्वभर उनीहरुको बहुमत छ । तर नेपालमा कम्युनिष्टलाई जनताले साथ दिएका छन् । यस्तो विश्वभर कहिँ पनि छैन । जहाँ कम्युनिष्ट भनिएकालाई भोट गरेर सत्तामा पु¥याइएकोहोस् ।
    तर, मलाई लाग्दैनकी नेपाली जनताले अहिलेको सत्तारुढ दललाई राम्रोसँग चिनेर भोट दिएका हुन् । बरु,नेपालमा सत्ता चलाईरहेको दल नेकपा दक्षिणपन्थी पार्टी हो । उनीहरुले आफूलाई कम्युनिष्ट भनेकाले नै जनताले भोट दिएका हुन् ।

    कम्युनिष्ट नाम भएकै कारणले यो सरकारमाथि दक्षिणपन्थीहरुले हमला गर्छन् । हामीले हमलाको सामना गर्नुपर्छ र जनतालाई यिनीहरु समाजवादी होइनन् भन्ने बुझाउनुपर्छ । यो विश्वदृष्टिकोण हो ।सहि कम्युनिष्ट पार्टीले जनतालाई प्रशिक्षण दिनु पर्छ ।

    हामीले जनताको स्तरमा यो बुझाउन पनि चुनावमा भाग लिनुपर्छ र जनतालाई बुझाउनुपर्छ । हामीले त्यसो गरेनौँ भने जनतामा सही कम्युनिष्ट को हो भन्ने भ्रम पर्छ ।यिनै दक्षिणपन्थीहरुलाई जनताले कम्युनिष्ट ठानिरहे भने यिनीहरुकै व्यवहारका कारण हामी कम्युनिष्ट चाहन्नौँ भन्न सक्छन् ।

    तपाईंलाई उदाहरण दिउँ, पूवी जर्मन (जर्मन गणतन्त्र) मा तत्कालिन रुलिङ पार्टीले आफलाई समाजवादी वताउँथ्यो । तर उनीहरु वास्तविक समाजवादी नभएका कारण कम्युनिष्ट आचरण देखाउन सक्ने कुरा भएन र देखाउन सकेनन् ।अनि जनताले यस्तो समाजवाद चाहन्नै भनेर संघर्ष गरे । उनीहरुकै कारण जनतालाई कम्युनिष्ट आचरण बुझाउन हामीलाई ३०।४० वर्ष लाग्यो ।त्यसकारण हामीले जनतालाई के समाजवाद हो र होइन भन्ने कुरा सुचित गराइरहनु पर्छ र हामीले प्रशिक्षण दिईरहनु पर्छ ।

     अहिले जलवायु परिवर्तनको समस्या विश्वव्यापी रुपमा बढिरहेको छ, यसको असरलाई कम गर्न यहाँहरुका योजना के छन् ?
    आइकोरले यसलाई खाली जलवायु परिवर्तन मात्रै भनेको छैन । यसमा धेरै वातावरणीय समस्या छन् । समुन्द्रमा बिसको मात्रा बढेको छ । ओजोनको तह घटेको छ । वनजंगल बिनास वढेको छ । त्यसकारण हामीले जलवायु परिवर्तन भन्दा पनि वातावरणीय समस्याको बारेमा छलफल गर्नु पर्छ ।

    मैले वातावरणमा ठुलो समस्या देखिरहेको छु । वातावरणीय रक्षाका लागि सरकार र दलहरुले खासै राम्रो भुमिका खेल्न सकेका छैनन् । ट्राफिक चाप, हावा, पानी प्रदुषित हुने समस्यालगायत थुप्रै वातावरणीय समस्याहरु बढेर गएका छन् । हाम्रो सुन्दर भविश्यका लागि यी सबै कुरा महत्वपूर्ण हुन् ।आइकोरको तेस्रो महाधिवेशनमा हामीले हामी संलग्न राष्ट्रहरुले वातावरणीय समस्यालाई आन्दोलनका रुपमा लौजान नसकेकोमा आत्मालोचना गरेका थियौँ । केही समय अघि आइकोरले वातावरणको सन्दर्भमा एउटा ठुलो कार्यक्रम गरेको थियो ।

    त्यो कार्यक्रममा सबै सदस्य राष्ट्रहरु सहभागी थिए । हामीले वातावरणीय समस्या समाधान गर्ने मात्रै नभएर वातावरणको संरक्षण र संवद्र्वन गर्ने सन्दर्भमा त्यसवाट निस्कन सक्ने अन्य समस्याहरु जस्तो वेरोजगारी लगायतका विषयमा छलफल गरेका थियौँ ।

    अहिले विश्वभर चलिरहेको ‘फ्राइडे फर फ्युचर’ (भविष्यका लागि शुक्रबार)भन्ने युवा विद्यार्थीको आन्दोलनलाइृ समर्थन गरेका छौँ । त्यस दिन उनीहरु स्कुल जाँदैनन् र वातावरण संरक्षणका लागि रोडमा प्रदर्शन गर्छन् । आइकोरका सबै सदस्य राष्ट्रहरुले वातावरणको संरक्षणमा मात्र गर्नुपर्छ । समाजवाद स्थापानाका लागि पनि राम्रो वातावरण चाहिन्छ ।

    जर्मन कम्युनिष्ट पार्टी ‘एमएलपीडी’ को अवस्था कस्तो छ, हामी जान्न सक्छौँ ?
    साम्राज्यवादी देशमा माक्र्सवादी पार्टी चलाउनु धेरै नै कठिनकार्य हो । एमएलपीडीले समाजमा नयाँ भुमिकाका साथ काम गरेको छ ।हामीले त्यहाँ ठुला ठुला काम गर्छौं तर मिडियाहरुले सपोर्ट गर्दैनन् । हामीले झण्डै ५० वर्ष यता निकै काम गरिरहेका छौँ र देशव्यापीरुपमा पार्टीको कुनै न कुनै प्रभाव छ । ठुला सहर र महत्वपूर्ण उद्योगमा पनि संगठन बनाएका छौँ ।

    त्यहाँका वुर्जुवाहरुले कम्युनिष्ट विरोधी गतिविधि गर्छन । प्रतिक्रियावादीहरुले गरेको हर्कतका कारण पनि जनताले हामीलाई बुझ्न थालेका छन् । एमएलपीडीले संसारका ८०० वटा पार्टी र संस्थासंग सम्पर्क राखेको छ ।

    यो समयमाएमएलपीडीले महत्वपूर्ण सैद्वान्तिक कुरामा पनि आफूलाई अगाडि बढाइरहेको छ । र युवा लक्षित कार्यक्रम पनि अगाडि बढाईरहेको छ । सन् १९६८ मा जर्मनीमा आफूलाई कम्युनिष्ट दाबी गर्ने १६० वटा संगठन तथा पार्टी थिए । अहिले एउटै मात्र छ ।

     अन्तमा केही छ कि ?
    म तपाईंहरुको पार्टीबाट एकदमै प्रभावित छु । म आशा गर्दछु कि हामी झन् पछि झन् नजिक रहेर काम गर्नेछौं । नेकपा (मसाल) आइकोरमा अझै धेरै सक्रिय रहनेछ । आईकोरलाई प्राथमिकता दिनेछ र प्रतिक्रिया दिइरहनेछ ।अन्तर्राष्ट्रिय मुक्ति आन्दोलनका दिवसहरुमा सहभागी हुनेछ ।

    जसका कारण विश्वले नै मसालका अन्तर्राष्ट्रिय कामवाट जानकारी लिनेछ ।
    मसालका सबै नेता कार्यकर्ताहरुलाई सफल जीवनको शुभकामना । साथै तपाईंहरुको प्रिन्ट मिडिया र अनलाइन ‘युगदर्शन’ लाई पनि शुभकामना ।

    बुधबार, मङि्सर १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडादशैँ मनाउँदै गर्दा मुटु जोगाउनुहोस् (अन्तर्वार्ता)
    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.