गाईघाट । प्रगतिशील लेखक सङ्घ उदयपुरको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । २०७८ फागुन २७ गते शुक्रबार सम्मेलन सम्पन्न भएको हो ।
अधिवेशनमा प्रमुख अतिथि प्रलेसका केन्द्रीय सदस्य ओमप्रकाश घिमिरले उद्घाटन गर्नुभएको थिया् । सम्मेलनमा संविधान सभा सदस्य मोहन खत्रीलगायतको आतिथ्य रहेको थियो ।
अधिवेशनले अध्यक्षमा पुनः माधव पोखरेल (गोज्याङ्ग्रे्रे) लाई निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा सम्झना राई (असफल), सचिवमा श्याम ढुङ्गाना, सहसचिवमा नारायण थापा र कोषाध्यक्षमा अनिल घिमिरे निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा चन्दूनारायण चौधरी, शारदा भट्टराई, हर्कनारायण श्रेष्ठ, खिलबहादुर घिमिरे, फणिन्द्र विक, मुना खत्री, उषा राई, विदुर कटुवाल र भीमबहादुर खत्री उर्फ घाँसे निर्वाचित भएको घिमिरले बताउनुभयो ।
सम्मेलनमा प्रलेस उदयुरका पूर्व अध्यक्षहरू कोविद् काफ्ले, दुर्गा थापा, मधुकर थापालाई सम्मान गरिएको थियो । सो अवसरमा साहित्यकार नन्दलाल आचार्य, भवानी खतिवडा, टङ्क आलेमगरलाई पनि सम्मान गरिएको थियो ।