सन्धिखर्क । प्रगतिशील लेखक सङ्घ अर्घाखाँचीको तेस्रो सम्मेलन सम्पन्न भएको छ । २०७८ साल फागुन २६ गते सन्धिखर्कस्थित योगा हलमा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन केन्द्रीय पार्षद बिजुला रायमाझीले गर्नुभएको थियो । सो अवसरमा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुरकुमार विक, लुम्बिनी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष लीलानाथ ढुङ्गाना, पाणिनी बहुमुखी क्याम्पसका पूर्वप्रमुख ज्ञानबहादुर केसी, निवृत्त राष्ट्रसेवक समाज अर्घाखाँचीका अध्यक्ष विष्णुप्रसाद भुसाल, जिल्ला वन अधिकृत शिला पोख्रेल र वामपन्थी बुद्धिजीवी कुलचन्द्र मरासिनीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनको अध्यक्षता कमलप्रसाद घिमिरेले, सञ्चालन भेषबहादुर केसीले र स्वागत हृदय भुसालले गर्नुभएको थियो ।
सम्मेलनले कमलप्रसाद घिमिरे अध्यक्ष रहनुभएको १५ सदस्यीय जिल्ला समिति र नौ सदस्यीय सल्लाहकार गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बिजुला रायमाझी, सचिवमा भेषबहादुर केसी, कोषाध्यक्षमा जीवनारायण खनाल र सहसचिवमा हृदय भुसाल रहनुभएको छ ।
त्यसैगरी, सदस्यमा भीमलाल आचार्य, कमल घिमिरे, माधवा भुसाल, कृष्णप्रसाद भुसाल, सविता आचार्य, ईश्वरा पराजुली, माया ज्ञवाली, कुशुमा अधिकारी, कमला गैरे भुसाल र मीना पन्थी रहनुभएको छ ।
सम्मेलनले पीताम्बर भट्टराई, नारायण शास्त्री, कुचलन्द्र मरासिनी, शालिकराम आचार्य, बुद्धिराम भुसाल, शिला ढुङ्गाना, नेत्र ढुङ्गाना, ज्ञानबहादुर केसी र विष्णुप्रसाद भुसाललाई सल्लाहकारमा चयन गरेको छ ।