तिलक थापा
बाग्लु्ङ । वाम गठबन्धनका तर्फबाट बाग्लुङ प्रदेशसभा २(ख) मा खिमविक्रम शाही निर्वाचित भएपछि राष्ट्रिय जनमोर्चा र नेकपाले संयुक्त विजय जुलुश गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयबाट शुरु भएको जुलुस बसपार्क, ट्राफिक चोक हुँदै लोकतान्त्रिक चोक पुगी बधाई सभामा परिणत भएको थियो । सभामा प्रतिनिधिसभा सदस्य एवं नेकपाका नेता देवेन्द्र पौडेल, राजमो जिल्ला अध्उयक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक अमर थापा, जिल्ला समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगाना नेकपा प्रदेश सदस्य गोबिन्द्र नेपाली, जिल्ला ईन्चार्ज बलावती शर्मा लगायत नेताहरूले मतदाताहरुलाई धन्यवाद तथा विजयी शाहीलाई बधाई दिनुभएको थियो ।

कार्यक्रम निर्वाचन परिचालन समितिका संयोजक तथा राजमो बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षता र नेकपा जिल्ला सचिव ज्ञाम नाथ गैरेको सञ्चालन सभा सम्पन्न भएको थियो ।लगायतका नेताहरुले यसअघि जिल्ला निर्वाचन कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत बासुदेब न्यौपानेले नवनिर्वाचित प्रदेश सभा सदस्य शाहीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । नवनिर्वाचित प्रदेश सभाका सदस्य शाहीले सम्पूर्ण मतदाता तथा नेता कार्यकर्ताहरुलाई धन्यवाद सहित आफ्नो प्रतिवद्वता व्यक्त गर्नुभएको थियो ।

सोमबार विहान सम्पन्न मतगणना अनुसार शाही २०९७ मत अन्तरले विजयी हुनुभएको हो ।शाहीले ११ हजार २ सय ३५ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जित बहादुर शेरचनले ९ हजार १ सय ३८ मत ल्याउनु भएको छ।

