काठमाडौं । गएको २४ घण्टामा नेपालमा ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
Advertisement
११ हजार ५८२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा १२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित हालसमम नेपालमा ११ हजार ७५९ जनाको मृत्यु भएको छ।
आज ७ हजार ५५५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १० लाख ९१ हजार ८८४ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल संक्रमणदर घट्दै गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। आज देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेका छन्।