काठमाडौं । नेपालमा गएको २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार १३१ पीसीआर परीक्षण गर्दा ४९६१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ४३५ जना डिस्चार्ज भएका छन । यस्तै, ३ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेका मन्त्रालयले जनाएको छ ।
उपत्यकामा ३ हजार ३४७ संक्रमित
यस्तै, गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ३४७ जनामा कोरोना भाइरको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भक्तपुरमा ३२८, ललितपुरमा ४७४ र काठमाडौंमा २ हजार ५४५ जा गरी ३ हजार ३४७ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा गरिएका कूल परीक्षणमध्ये देशभरको औसत संक्रमणदर ३६.१ प्रतिशत रहेको छ ।
आज होम आइसोलेसनमा २४ हजार ५८४ र संस्थागत आइसोलसनमा १ हजार ९६ जना रहेका छन्। यस्तै, आज आईसीयूमा १२२ जना रहेकोमा भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ ।
एक हप्तामै २१ प्रतिशत बढ्यो संक्रमण
कोरोना संक्रमण एक हप्तामै २१ प्रतिशतले बढेको छ । गतहप्ता ५८ हजार ३०० नमूना परीक्षण गर्दा ३ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको थियो ।
यो हप्ता ७५ हजार ६१० जनामा परीक्षण २१ हजार १४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा संक्रमणदर २८ प्रतिशत रहेको छ । ३० प्रतिशतले लगाए खोपको पूर्ण मात्रा नेपालमा कुल जनसंख्याको ५२.१ प्रतिशतलाई कम्तीमा एकमात्रा र २९.९ प्रतिशतलाई पूर्णमात्रा खोप लगाइसकिएको छ।
यस्तै, १८ वर्षमाथिका ७९.५ प्रतिशतलाई पहिलो मात्रा र ६०.९ प्रतिशतलाई पूर्णमात्रा खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ।