काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार १६७ जना संक्रमित भएका छन् ।
Advertisement
१२ हजार ६३२ जनाको परीक्षण हुँदा उक्त संख्यामा संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २२४ जना निको भएका छन् । २ जनाको मृत्यु भएको छ ।हाल नेपालमा सक्रिय संक्रमित ६ हजार ७५५ रहेको मन्त्रालयले जनाएको छ ।
आज भक्तपुरमा १५, ललितपुरमा ९९ र काठमाडौंमा ४९१ गरी उपत्यकामा ६१५ जना संक्रमित देखिएका छन् ।