काडमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आजदेखि शुरु भएको भलिबल खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ । सागको औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुने भए पनि महिला र पुरुष भलिबल खेल भने आजदेखि नै शुरु भएका हुन् ।
Advertisement
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिष्द (राखेप)को कभर्डहलमा आज भएको उद्घाटन खेलमा राष्ट्रिय महिला भलिबल टोलीले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
सागमा स्वर्णपदक भित्र्याउने लक्ष्य लिएको नेपाली महिला भलिबल टोलीले पहिलो सेट २५–९ ले जित्यो भने दोस्रो सेट पनि समान २५–९ ले आफ्नो पक्षमा पा¥यो । त्यसैगरी तेस्रो तथा अन्तिम सेटमा नेपालले बङ्गलादेशमाथि २५–११ ले आफ्नो पक्षमा पा-यो ।

