• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रगतिशील लेखक संघको बाह्रौँ राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते काठमाडौँमा


  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको बाह्रौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ ।

    Advertisement

    २०७८ पुस १६ र १७ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति र तेस्रो राष्ट्रिय परिषद् बैठकले सो निर्णय गरेको हो ।

    अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहको हस्ताक्षरमा पुस १७ गते जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ ।

    सम्मेलन सफल पार्नका लागि अध्यक्ष गिरीको अध्यक्षतामा सम्मेलन आयोजक समिति तथा विभिन्न उपसमिति गठन भएको जानकारी दिइएको विज्ञप्तिमा अन्य प्रगतिशील घटकलाई सामेल गर्न वार्ता समिति गठन गरिएको, मुखपत्र प्रलेस प्रकाशन तथा इतिहाससम्बन्धी सामग्री प्रकाशनका लागि बेग्लाबेग्लै सम्पादक मण्डल गठन गरिएको, प्रलेस प्रतिभा पुरस्कार र प्रलेस युवा पुरस्कारका लागि थप रकम प्रदान गरिएबापत आनन्देव भट्टकी जीवन सँगिनी र प्रा.डा. जीवेन्द्र देव गिरीप्रति धन्यवाद ज्ञापन गरिएको छ ।

    प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–
    “प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय समिति तथा तेस्रो राष्ट्रिय परिषद् बैठक पुस १६ र १७ गरी दुई दिनसम्म काठमाडौँमा सम्पन्न भयो । सङ्घका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा सम्पन्न बैठकले गरेका निर्णयहरू जानकारी गराउन यो विज्ञप्ति जारी गरिएको छ ।

    १. प्रगतिशील लेखक सङ्घको बाह्रौँै राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते काठमाडौँमा गर्ने निर्णय भएको छ । सम्मेलनलाई व्यवस्थित गर्न प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता सम्मेलन आयोजक समिति गठन गरिनुका साथै व्यवस्थापन उपसमिति, प्रकाशन उपसमिति, स्रष्टा सम्मान उपसमिति, प्रतिवेदन मस्यौदा उपसमिति, विधान मस्यौदा उपसमिति, प्रचार प्रसार उपसमिति, स्वयंसेवक परिचालन उपसमिति र अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय गरिएको छ । यसका साथै २०७८ फागुन महिनाभरि जिल्ला सम्मेलन र चैत्रको पहिलो हप्तासम्म प्रदेश सम्मेलन गर्ने निर्णयसमेत गरिएको छ ।

    २. प्रलेस राष्ट्रिय सम्मेलन तयारीका सन्दर्भमा अन्य प्रगतिशील घटकहरूलाई पनि समावेश गर्न अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ, जसका सदस्यहरूमा समीर सिंह, आरसी न्यौपाने, मातृका पोखरेल र शालिकराम तिमिल्सिना हुनुहुन्छ ।

    ३. मगर, लिम्बु, मैथिली र गुरुङ भाषाको प्रगतिशील साहित्यको इतिहासका साथै नेपाली प्रगतिशील नाटक तथा बालसाहित्यको इतिहास विषयमा व्रmमशः लोकबहादुर थापामगर, विजय सुब्बा, रोशन जनकपुरी, रत्नबहादुर गुरुङ, प्रा.डा. कपिल लामिछाने र विनय कसजूले तयार गर्नुभएका सामग्री पनि बाह्रौँ राष्ट्रिय सम्मेलनअगि नै प्रकाशन गर्ने निर्णय भएको छ । सो कार्य सम्पन्न गर्न प्रा.डा. जीवेन्द्र देव गिरी प्रधान सम्पादक रहेको एक सम्पादक मण्डल गठन गरिएको छ ।

    ४. बाह्रौँ राष्ट्रिय सम्मेलनको सिलसिलामा नै सातै प्रदेशको इतिहाससहित ‘प्रलेस’ को सम्मेलन विशेषाङ्क प्रकाशन गर्ने निर्णय भएको छ, जसका निम्ति गोपीरमण उपाध्यायको प्रधान सम्पादकत्वमा एक सम्पादक मण्डल गठन गरिएको छ ।

    ५. प्रलेस प्रतिभा पुरस्कारको अक्षयकोषमा वृद्धि गर्न आनन्द देव भट्टकी जीवन सँगिनीले थप रु. २ लाख प्रदान गर्नुभएकोमा बैठकले धन्यवाद ज्ञापन गरेको छ । यसरी नै प्रलेस युवा प्रतिभा पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापनार्थ प्रा.डा. जीवेन्द्र देव गिरीले रु. १ लाख प्रदान गर्नुभएकोमा पनि बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

    ६. देशीविदेशी शक्तिहरू गणतन्त्र तथा धर्म निरपेक्षतालाई नै समाप्त पार्ने दिशामा अग्रसर भइरहेको सन्दर्भमा त्यस प्रकारका प्रतिगामी सोचाइका विरुद्ध गणतन्त्र तथा धर्म निरपेक्षतालाई संस्थागत गर्नेतर्फ नै प्रलेसले विशेष भूमिका खेल्नुपर्ने राष्ट्रिय परिषद्को बैठकले ठहर गरेको छ ।

    ७. अमेरिकी साम्राज्यवादले एम.सी.सी. को बहानामा हाम्रो भूमिमा आफ्नो भूमिका बढाउँदै गइरहेको सन्दर्भमा केही पैसाका लागि नेपालको राष्ट्रियतालाई नै कमजोर पार्ने, नेपालको कानुनभन्दा एम.सी.सी. को कानुनलाई बलियो बनाउन खोज्ने तथा अमेरिकी साम्राज्यवादको चलखेलका लागि सहज वातावरण बनाइदिने राष्ट्रघाती गतिविधि प्रलेसलाई स्वीकार्य नभएको बैठकले ठहर गर्दै मुलुकको हितविरोधी चलखेलका विरुद्ध प्रलेसको सशक्त भूमिका रहिरहने प्रतिबद्धता जाहेर गरिएको छ ।”

    शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.