काठमाडौं । वरिष्ठ पत्रकार विनय कुरमार कसजूको निधन भएको छ । उनको मंगलबार दिउँसो २ बजे मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजूको उपचारको क्रममा निधन भएको हो ।
Advertisement
पाल्पाको तानसेनमा जन्मिएका उनी राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष समेत हुन् ।कसजूले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा समेत सेवा गरेका थिए। उनको जन्म सन् १९४७ मा भएको थियो।