• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव

मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल

जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै

संघीयताको औचित्यमाथि फेरि प्रश्न

गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

साम्प्रदायिक द्वन्द्वको मूल कारण राज्यका गलत नीति हुन् : आचार्य

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ४. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ५. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ६. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ७. राज्यसत्ता

  • ८. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ९. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • १०. सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

मनोज भट्टको प्रश्न : ९० लाख मान्छे गरिब भएको अमेरिकाले जबर्जस्ती सहयोग किन गर्दैछ ? (फोटो/ भिडियो)


  •   मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले अमेरिकाले नेपालको कल्याणका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी नल्याएको दाबी गर्नुभएको छ ।

    Advertisement

    उहाँले अमेरिकामा नै ९० लाख मानिसहरू गरिब रहेको उल्लेख गर्दैै नेपालको सन्दर्भमा त्यस्तो कल्याणको कुनै अर्थ नरहेको बताउनुभयो ।

    मंगलबार आठ राजनीतिक दलले राजधानीमा आयोजना गरेको एमसीसी विरुद्धको सभालाई सम्बोधन गर्दै उहाँले नेपालमा एमसीसी पारित हुनै नसक्ने दाबी पनि गर्नुभयो ।

    ‘नेपालबाट एमसीसी पारित हुनै सक्दैन’ महासचिव भट्टले भन्नुभयो– ‘यो नयाँ बानेश्वरको भूमिमा तपाईं हाम्रो रगत बगिसकेको छ । त्यसकारण एमसीसी पारित हुनै सक्दैन ।’

    उहाँले श्रीलङ्काले जस्तै एमसीसीलाई तत्कालै खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । राष्ट्रियताका लागि राजमोले रगत बगाउन तयार रहेको बताउँदै उहाँले भन्नुभयो– ‘तर गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा रहेका राजावादीसँग मिलेर हामी राष्ट्रियताको लडाइँ लड्दैनौँ ।’

    उहाँले राजावादीहरूले राष्ट्रियताको पक्षमा बोल्नु भनेको प्रतिगामी स्वार्थ सिद्ध गर्नका लागि भएको दाबी गर्नुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले एमसीसी नेपालको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकताको विरुद्ध रहेकाले विरोध गरिएको बताउनुभयो ।

    स्वयम् अमेरिकाले नै एमसीसीलाई अमेरिकी सुरक्षा रणनीतिअन्तर्गत रहेको स्वीकार गरेको स्मरण गराउँदै प्रवक्ता पुरीले भन्नुभयो– ‘हामी ५५ अर्बका लागि हाम्रो देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ता गुमाउन सक्दैनौँ ।’ प्रवक्ता पुरीले थप्नुभयो– ‘एमसीसी लाई स्वीकार्नु नेपालको असंलग्न परराष्ट्र नीतिको पनि विरोधमा हुन्छ ।’

    कार्यक्रममा नेकपा विप्लव पक्षका पीबीएम धमेन्द्र बास्तोला कञ्चन, नेकपाका अध्यक्ष ऋषि कट्टेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल र केन्द्रीय सदस्य शारदा महत र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन नेकपा विप्लव पक्षका चिरन पुनले गर्नुभएको थियो । एमसीसीको विरोधमा काठमाडौँमा आठ राजनीतिक दलहरूले जुलुस प्रदर्शनसहित विरोधसभा सम्पन्न गरेका हुन् ।

    राजधानीको माइतीघर मण्डलादेखि सुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेर विरोधसभामा परिणत भएको थियो । आज राजधानीसहित देशैभर आठ दलले प्रदर्शन गरेका छन् ।

    मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव
    मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल
    जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै
    संघीयताको औचित्यमाथि फेरि प्रश्न
    विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति
    गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ४.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ५.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ६.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    भर्खरै

    • १.
      सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव

    • २.
      मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल

    • ३.
      जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै

    • ४.
      संघीयताको औचित्यमाथि फेरि प्रश्न

    • ५.
      गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

    • ६.
      विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

    • ७.
      गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

    • ८.
      रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.