काठमाडौं । युएई नेपाली एकता समाजले अखिल नेपाल युवक संघ काठमाडौंका कोषाध्यक्ष अमृत आचार्यको उपचारका लागि ३४ हजार ६ सय १० रुपैयाँ सहयोग गरेको छ ।
Advertisement
युएइ नेपाली एकता समाजका सल्लाहकार एवं अन्तर्राष्ट्रिय एकता समाजका केन्द्रीय सदस्य कृष्ण केसीले अमृतका दाजु अर्जुन आचार्यलाई सो रकम हस्तान्तरण गर्नुभयो ।
जन गायक जीवन शर्माका छोरा अमृतको काठमाडौंको टिचिङ अस्पतालमा उपचार भै रहेको छ ।