• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

एमाले मुख्यालयमा आत्महत्या गर्ने राजवंशी काव्यबिम्बमा


  •   बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
  • नेकपा (एमाले)को तत्कालीन मुख्यालय बल्खुमा आत्महत्या गरेका झापा आन्दोलनका योद्धा तथा कम्युनिस्ट कार्यकर्ता डेगेन्द्र राजवंशीलाई काव्यबिम्ब बनाएर कवि विमल निभाको नयाँ पुस्तक प्रकाशित भएको छ। ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ शीर्षकको पुस्तक कवि निभाको चौथो कविता सङ्ग्रह हो।

    Advertisement

    चितवनमा सम्पन्न हुन लागेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा कवि निभाले एमालेको राजनीतिमा खासै चर्चा नगरिने घटनालाई विम्ब बनाएर कविताका माध्यमबाट पुनः बहस आमन्त्रण गरेका छन्। निभाले डेगेन्द्र राजवंशीको आत्महत्यालाई ‘नृशंसतापूर्वक’ गरिएको ‘आत्महत्यात्मक हत्या’ भनेका छन्।

    कवि भन्छन्–

    ‘कम्युनिस्ट पार्टीको त्यो हेडक्वार्टरमा
    जहाँ कमरेड डेगेन्द्र राजवंशीको
    आत्महत्यात्मक हत्या भएको थियो नृशंसतापूर्वक
    त्यहाँ बिहानैदेखि नै
    पोलिट्ब्युरोको मिटिङ भइरहने गर्छ प्रतिदिन
    र, पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव,
    र, स्थायी कमिटीका मेम्बरहरु
    गरिब, दुःखी र सर्वहाराहरुका
    सम्पूर्ण पक्षमा गर्ने गर्छन्
    निरन्तर लामा–लामा
    अलौकिक बहस, छलफल र वार्ता!’

    ‘आलुबखडाको बोटमा जुन दिन डेगेन्द्र राजवंशी पासो लागे, त्यो दिन नेपालको कम्युनिस्ट आन्दोलनले पनि एक किस्ता मृत्यु बेहो-यो,’ नयाँ कविता सङ्ग्रहका सन्दर्भमा प्रकाशन संस्था ‘बेला पब्लिकेसन्स’का सम्पादक विनोदविक्रम केसीले भने, ‘अविराम उही आन्दोलनको अंश रहेका कवि विमल निभालाई दारुण विम्बका हैसियतले डेगेन्द्रले सदैव आलो रहने शोक दिए, यो कविता सङ्ग्रह डेगेन्द्रकै नाममा सचोट र सआक्रोश समर्पित छ।’

    पाठकहरुबीच अग्रणी कम्युनिस्ट कविका रुपमा परिचित विमल निभा आफूलाई माक्र्सवादी विचारधारसँग सम्बद्ध लेखकका रुपमा चिनाउँछन्। निभाका मित्र तथा समीक्षक शार्दूल भट्टराई ‘कम्युनिस्ट पार्टीमा नरहेका कम्युनिस्ट लेखक’ भनेर उनको मूल्यांकन गर्छन्।
    ‘उनी कम्युनिस्ट पार्टीभन्दा बाहिर रहे पनि कम्युनिस्ट विचारभन्दा बाहिर कहिल्यै रहेनन्। बरु उनी नै कम्युनिस्ट कविका उदाहरण बनेका छन्,’ भट्टराई भन्छन्, ‘कम्युनिस्ट पार्टीको सदस्य हुँदैमा माक्र्सवादप्रति प्रतिबद्ध लेखक मानिने परम्परालाई विमल निभाले तोडेका छन्। उनी स्वतन्त्र रहेर पनि माक्र्सवादप्रति प्रतिबद्ध छन्।’

    साढे पाँच दशकदेखि कविता कर्ममा समर्पित कवि निभा थोरै तर शक्तिशाली कविता लेख्ने साधक मानिन्छन्। ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ पुस्तकमा उनका ७० वटा अप्रकाशित कविताहरु संगृहित छन्।

    ‘जनवादी, जनका जीवनवादी र जनका मुक्तिवादी कवि भएकाले उनको काव्य साधनाको पर्यावरण सदा प्रतिरोधी रह्यो’, सम्पादक केसीले भने, ‘कुनै कवि मान्छेद्वेषी व्यवस्थाप्रति कतिसम्म आक्रामक हुन सक्छ, उनका कविताका मुद्रा त्यसका सबुत हुन्।’

    निभाका यसअघि तीन कविता सङ्ग्रह– ‘आगोनेर उभिएको मानिस’, ‘एउटा बाहुला नभएको बुसर्ट’, ‘जोकरको बन्दुक’ र दुई व्यंग्य निबन्ध संग्रह ‘चौथो कालम’ र ‘डाइनोसोर जिउँदो छ’ प्रकाशित छन्। उनले नेपालका प्रमुख पत्रिकाहरुमा लामो समयदेखि व्यंग्य स्तम्भ पनि लेख्दै आएका छन्।

    बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.