खिमराज चालिसे चंडिगढ।
रोल्पा जिल्ला हरि गाउँ घर बताउने वर्ष ११ का एक बालक गत एक महिनादेखि चंडिगढ पुलीसको संरक्षणमा रहेका छन् ।
Advertisement
सेक्टर ७ चंडिगढमा दाइ सुरेश र भाउजु रिनासँग बसेको बताउने सन्तोष रोल्पाको सुमित स्मृती स्कुलमा पढ़ने विद्यार्थी भएको चंडिगढ पुलिसकर्मी सचिन कुमारले बताए ।
आफन्तसँग छुटेर प्रहरीको संरक्षणमा रहेका बालकबारे स्थनीय प्रहरीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई खबर गरेपछि मूल प्रवाहले उनका आफन्तको खोजी सुरु गरेको छ ।
चंडिगढको मलोयास्थित स्नेहालयमा राखिएका सन्तोषका आफन्तहरुको खोजी गरिदिन मूल प्रवाह चंडिगढ नगरसमितिले अपिल गरेको छ ।
आफन्तहरु भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा खिमराज चालिसे (मूल प्रवाह चंडिगढ) ८९६८५०३०५० वा चंडिगढ पुलिसकर्मी सचिन कुमार ९१८८३७८०६०८०, मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।