काठमाडौं । नेपालीभाषी लेखक तथा उपन्यासकार लीलबहादुर क्षेत्री पद्मश्री पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
Advertisement
क्षेत्रीलाई भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले चर्चित पद्मश्रीबाट सम्मान गर्नुभएको हो ।
सोमबार भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा उनलाई राष्ट्रपति कोबिन्दले पुरस्कार प्रदान गर्नुभयो ।
क्षेत्रीका ‘बसाइँ’ र ‘ब्रम्हपुत्रका छेउछाउ’ लगायत उपन्यास चर्चित छन् । साहित्यकार क्षेत्री नेपालमासमेत उत्तिकै सम्मानित हुनुहुन्छ ।