• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मनाइयो मूल प्रवाहको ४३ औँ स्थापना दिवस


  •   सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४३ औँ स्थापना दिवस मनाएको छ । मूल प्रवाह केन्द्रीय समिति र विभिन्न नगर समितिहरुले बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएका छन् ।

    Advertisement

    मूल प्रवाहको स्थापना सन् १९७९ नोवेम्बर ७ मा भएको थियो । गौरवपूर्ण इतिहास कायम गर्न सफल यो संगठनले भारतमा कार्यरत हजारौं नेपाली मजदुरहरुको समस्याविरुद्ध संघर्ष गर्नुका साथै नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    एकता समाज केन्द्रीय समितिले आयोजना गरेको भर्चुअल कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुनुहुन्थ्यो । अध्यक्ष केसीले एकता समाज स्थापनाको सन्दर्भबारे स्मरण गर्दै यो संगठनले खेलिरहेको भूमिकाबारे प्रष्ट पार्नुभएको थियो ।

    नयाँ दिल्ली
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४३ औँ स्थापना दिवस नई दिल्ली नगर समिति र ओखला नगर समितिको संयुक्त आयोजनामा सम्पन्न भएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै समाजका वैकल्पिक केन्द्रीय सदस्य शिव केसीले संगठनको महत्व, भारतमा बस्ने नेपाली मजदुरहरूको समस्याबारे स्पष्ट पार्दै आउँदो पिँढीलाई शिक्षित र सिपमुलक बनाउनुपर्नेमा जोड दिनु भयो । साथै, अन्य वक्ताहरुले पनि संगठनको महत्व र परदेशमा रहेका सम्पूर्ण मजदुर नेपाली को समस्या तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज को अभिभावकीय भूमिकाबारे विचार राख्नुभएको थियो ।

    तिलक खनालको अध्यक्षता, शिलिक राम पौडेलको सञ्चालन र कन्या गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्षेत्रीय कोषाअध्यक्ष तिलक पाण्डे, रक्तिम सांस्कृतिक विभागबाट पहल सिंह परियार, एभरेष्ट चेम्बरका संस्थागत अध्यक्ष शेखर कुँवर, प्रमोद खरेल, हाम्रो स्वाभिमानका मोहन कार्की र पाण्डे इन्टरप्राइजेजका गोपाल पाण्डेको आतिथ्यता रहेको थियो ।

    चंडिगढ
    मूल प्रवाह चंडिगढ नगरसमितिको आयोजनामा सम्पन्न समारोहमा एकता समाजको गौरवमय इतिहास र प्रवासी नेपालीहरुको समसामयिक समस्या तथा एकता समाजको भूमिका लगाएतका विषय छलफल गरिएको थियो ।

    कार्यक्रममा समाजका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार तिलक पौडयाल, केन्द्रीय सल्लाहकार एवम् नेपाली समाचारका संयोजक खिमराज चालिसे, मूल प्रवाह सुदूरपश्चिमोत्तर महिला क्षेत्रीय सचिव जुना चालिसे, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य, समता विभागका केन्द्रीय सदस्य बिनु नेपाली, विदार्थी संघका केन्द्रीय सदस्य विष्णु बेल्बासे, क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, जनजाति विभागका थमन थापा लगाएतले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रम नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा तथा नगर सचिव तेज बहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत कोषाध्यक्ष किसन खनालले गर्नुभएको थियो ।

    रोपड
    मूल प्रवाह सुदूरपश्चीमोत्तर क्षेत्रको रोपड नगरसमिति पनि स्थापना दिवशको कार्यक्रम सम्पन्न गरेको छ । समारोहमा मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, क्षेत्रीय सदस्य शिवलाल लामिछाने, जनजाती क्षेत्रीय विभागका बिल वहादुर गुरुङ, महिला क्षेत्रीय सदस्य खगी थापा, लक्ष्मी गुरुङ, मन्जु थापा लगाएतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

    कार्यक्रम छविलाल सापकोटाको अध्यक्षतामा तथा नन्दलाल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत भक्त बहादुर थापाले गर्नुभएको थियो ।

    लुधियाना
    त्यसैगरी मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रको लुधियाना तथा लुधियाना फोकलपाइन्ट नगर समितिको संयुक्त आयोजनामा ऐतिहासिक ४३ औँ स्थापना दिवशको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले सम्बोधन गर्दै मूल प्रवाहको विकास विस्तारमा मजदुरहरुको भूमिकाको बारेमा स्पष्ट पार्नु भएको थियो ।

    त्यस्तै मन्तव्य दिने अन्य वक्ताहरुमा केन्द्रीय सदस्य बासुदेव भट्टराई, क्षेत्रीय सदस्य रामचन्द्र पौड्याल, नगर समितिका राजकुमार शाही, रक्तिम का गोविन्द परियार, समता विभागका भगत विक र अमित लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम हरि केसीको अध्यक्षतामा तथा अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत चेतमान आलेले गर्नुभएको थियो ।

    सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.