मेघराज रिस्मेली, जापान ।
जापान नेपाली एकता समाजको सांस्कृतिक विभाग रक्तिम सांस्कृतिक अभियान, जापानले लक्ष्मी पूजाको अवसर पारेर जापानको सेन्दाई र ओसाकामा देउसी भैलोका कार्यक्रमको आयोजना गरेको छ ।
ओसाका
जापान नेपाली एकता समाजका अध्यक्ष यमलाल सापकोटाले उद्घाटन गर्नुभएको कार्यक्रमको सञ्चालन रक्तिम सांस्कृतिक अभियान जापानका सचिव टिका केसीले गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष सापकोटाले दुई वर्षसम्म कोरोनाका कारण बन्द भएर बस्दाको पिडालाई यो कार्यक्रमले थोरै भए पनि पखाल्न सहयोग गर्नेछ भन्नुभयो । आगामी दिनमा कार्यक्रमलाई अझै ब्यापक बनाएर लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै समाजका केन्द्रीय सदस्य हेमलाल गौतमले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
भैलोको नेतृत्व टीका केसी र नचरीको नेतृत्व रक्तिमका सल्लाहकार तथा एकता नौमती बाजा समूहका अध्यक्ष मन बहादुर सलामीले गर्नुभयो । यस्तै, एकता नौमती बाजा समूहले पन्चेबाजाको नेतृत्व गरेका थिए ।
कार्यक्रममा भावना केसी र चेतना केसीले प्रदेशीका लागि सन्देशमूलक गीतमा उर्जाशील नृत्य प्रस्तुत गर्नुभयो । कार्यक्रममा उपस्थित जनसमुदाय पन्चेबाजामा रमेर नृत्य गरेका थिए । रक्तिम एकता समाजको सांस्कृतिक विभाग हो भने बाजा समूह रक्तिमको मातहतमा सञ्चालित समूह हो ।
सेन्दाई
यता, सेन्दाईमा पनि रक्तिम सांस्कृतिक अभियान जापानको आयोजनामा भैलो कार्यक्रम सम्पन भएको छ । सेन्दाई शहरमा रक्तिम अभियानले भैलो आयोजना गरी नेपालको संस्कृति झल्किने गरी भैलो कार्यक्रम सम्पन्न गरेको हो ।
भैलो कार्यक्रम रक्तिम अभियान जापानका अध्यक्ष लीला परियारको अध्यक्षता र सहसचिव नवीन बस्यालको सञ्चानमा भएको थियो ।
जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा रक्तिम अभियान जापानका केन्द्रीय सल्लाकार प्रदीप विकको प्रमुख आतित्थ्यतामा संपन्न कार्यक्रममा एनआरएनए जापान सेन्दाई क्षेत्रका क्षेत्रीय अध्यक्ष हरी गोपाल श्रेष्ठ, होटल ब्यवसायी धन बहादुर विके, वीके समाजका मिठ्ठू विक, सेन्दाई युवा संस्थाका मीन बहादुर विकको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रमा जश्मीन चौधरीले स्वागत गर्नु भएको थियो ।
भैलो कार्यक्रममा जापान रक्तिमका अध्यक्ष लीला परियारले ‘आउन फर्की हिमाली चरी हुरी सँगै बेग हाने झैँ गरी कती डुल्छौ संसारै भरी दुःखीको घर बन्दैन केही गरी’ बोलको पन्चे बाजा गीत प्रश्तुत गर्नु भएको थियो ।
त्यस्तै सह–सचिव नवीन बस्याले ‘म जन्मेको हुर्केको गाउँमा, ऋण तिरेर फर्किन्छु त्यही ठाउँमा, छ की छैन डाडैको बर चिसो हावा चलेको सरर’ बोलको पन्चे बाजा र ‘तिहार आयो हजूर तिहार आयो मखमली फूल फूल्यो भैलो आयो’ बोलको सोरठी गीत प्रश्तुत गर्नुभएको थियो ।
भैलोमा रक्तिमका कलाकार कल्पना पुन, जश्मीन चौधरी, सीता परियार, समीक्षा श्रेष्ठ लगायतले नृत्य प्रश्तुत गर्नुभएको थियो ।
जापान नेपाली एकता समाजका अध्यक्ष यामलाल सापकोटा र महासचिव तेजेन्द्र क्षेत्रीले वक्तब्य प्रकाशित गरी रक्तिम सांस्कृतिक अभियान जापानको कार्यक्रमलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

