काठमाडौं । राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला समितिले आज (बुधबार) बाट प्रगतिशील देउसी भैलो सुरु गरेको छ । बुधबार काठमाडौंको हार्दिक होटलमा शुभकामना आदान प्रदान कार्यक्रम गरी देउसी भैलो उद्घाटन गरेको हो ।

कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी तथा राजमो नेता आनन्द शर्माले शुभकामना दिनुभएको थियो ।


यस्तै, राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका, भक्तबहादुर विक, शिव खनाल, राजमोका पूर्व केन्द्रीय सदस्य युवराज ढुङगानालगायत नेता कार्यकर्ताको आतिथ्यता रहेको थियो।
झविन्द्र बेलवासेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लक्ष्मणदेव पाण्डेले गर्नुभएको थियो भने स्वागत जिल्ला सचिव छविलाल खनालले गर्नुभएको थियो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले प्रगतिशील गीत तथा नृत्य प्रस्तुत गरेका थिए । राजमोले आजबाट उपत्यका लगायत देशका विभिन्न स्थानमा देउसी भैलो खेल्न सुरु भएको जनाएको छ ।