खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको श्रीगंगानगर सेतिया फार्म एरिया सदस्य डिलाराम भट्टराईको निधन भएको छ । ४० वर्षीय भट्टराईको रेबिजका कारण २० अक्टुवरमा निधन भएको हो ।
प्युठान जिल्लाको प्युठान नगरपालिका वार्ड नंबर ५ जुम्रिकाँडामा जन्मिएका भट्टराईको परिवार हाल दाङ जिल्लाको राप्ती गाउँपालिका स्थित सिसनियामा बस्दै आएको छ ।
यमलाल भट्टराई र आमा म्युकी भट्टराईका छोरा डिलारामका श्रीमती र दुई छोराहरु छन् ।
मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईका अनुसार केही वर्ष पहिला रोजगारीको सिलसिलामा भारतको राजस्थान राज्यको श्रीगंगानगरमा आएका डिलाराम मूल प्रवाहका एरिया सदस्य थिए ।
डिलारामको निधनप्रति मूल प्रवाह श्रीगंगानगर नगर समितिले भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

