कञ्चनपुर । अदालतको अपहेलना मुद्दामा कञ्चनपुर जिल्ला अदालतले ‘तुच्छ सजाय’ तोकेका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतले एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको ‘तुच्छ सजाय’ तोकेको थियो ।
Advertisement
भण्डारीले अदालतले तोकेको एक रुपैयाँ बुझाएका छन् भने प्रहरीले १ घण्टा जेल सजायका लागि कारागार लगेको छ ।बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्त प्रकरणमा अदालतको अवहेलना गरेको ठहर गर्दै उनलाई ‘तुच्छ सजाय’ का रुपमा एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय सुनाइएको थियो ।
गत असार ३० गते न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले उनलाई सजाय सुनाएको थियो ।