खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिद्वारा सञ्चालित समता नगर विभागको भेला सम्पन्न भएको छ । आइतबार सम्पन्न भेलाले समता विभागको पुनर्गठन गरेको छ ।
मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य रामचन्द्र पौड्याल, नगर अध्यक्ष एवम् क्षेत्रीय सदस्य उदैसिंह चन्द, जनजाति विभागका मान बहादुर आले, रक्तिम विभागबाट सुमन विक, सिटि एरियाबाट गणेश विकको आथित्यता रहेको सो भेलामा जातीय मुक्ति आन्दोलनबारे समसामयिक छलफल गरिएको थियो ।
भेलाले गणेश विको संयोजकत्वमा ११ सदस्यीय समता नगर विभाग गठन गरेको छ । समितिको सदस्यहरुमा हिक्मत परियार, भगत विक, सूर्य विक, शंकर परियार, गोविन्द परियार, नर बहादुर विक, विशाल विक, निर्मला परियार, निर्मला विक र एक स्थान रिक्त राखिएको छ ।
कार्यक्रम हिक्मत परियारको सञ्चालन तथा भगत विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।