खिमराज चालिसे, चंडिगढ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिका सल्लाहकार एवम् विद्यार्थी संघ नगर सचिव राम पन्थीलाइ पितृशोक परेको छ।
Advertisement
अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वार्ड नम्वर २ बल्कोट निवासी मोहनलाल पन्थीको ८४ वर्षको उमेरमा हिजो आफ्नै निवासमा निधन भएको हो। उहाँ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।
पन्थीको निधनप्रति मूल प्रवाह चंडिगढ नगर समितिले भावपुर्ण श्रद्धाञ्जली प्रकट गरेको छ । साथै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

