• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

विदुर शर्मा, हिमाल थापा र दुर्गा शर्मा अन्तर्राष्ट्रिय नेपाली एकता समाजबाट निष्काशित


  •   मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजबाट विदुर शर्मा, हिमाल थापा र दुर्गा शर्मा निष्काशित हुनुभएको छ ।

    Advertisement

    समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा अक्टोबर ११, २०२१ का दिन जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।

    गत सेप्टेम्बर २७ का दिन भेला गरी समानान्तर समिति गठन गर्ने जस्तो फुटपरस्त गतिविधि गरेकोमा समाजले उहाँहरूलाई निष्काशित गरेको जानकारी दिइएको छ । विदुर शर्मा र हिमाल थापा गत अप्रैल ४, २०२१ का दिन सम्पन्न अन्तर्राष्ट्रिय नेपाली एकता समाजको छैटौँ भेलाद्वारा निर्वाचित केन्द्रीय सदस्य तथा दुर्गा शर्मा केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

    अक्टोबर ८ का दिन सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको वक्तव्यमा गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा तथा सङ्घीयता खारेजीको आन्दोलनप्रति समर्थन र एक्यबद्धता प्रकट गरिएको छ । राजमो उपर्युक्त आन्दोलन चलिरहेका बेला फुटपरस्त तत्त्वको गतिविधि चलिरहेकोमा वक्तव्यमा सतर्क रहन आग्रह गरिएको छ ।

    यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ
    “अन्तर्राष्ट्रिय नेपाली एकता समाजको बैठक अक्टोबर ८, २०२१ का दिन दुर्गाबहादुर केसीको अध्यक्षतामा भर्चुअल विधिबाट बस्यो । बैठकमा भएका निर्णय सार्वजनिक गर्नका लागि यो प्रेसवक्तव्य जारी गरिएको छ ।

    नेपालमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि निरन्तर सङ्घर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चाले अहिले ‘गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ  ! भन्ने मूल नारासहित एमिससी खारेजी, महङ्गी, भ्रष्टाचार, बेरोजगारी विरुद्ध सङ्घर्ष चलाइरहेको छ । त्यस्तै, राष्ट्रिय जनमोर्चाले प्रवासी नेपालीका हकहित तथा मताधिकारको विषयमा पनि आन्दोलनको उठान गर्दै आइरहेको छ । राष्ट्रिय जनमोर्चाले चलाएको देशव्यापी आन्दोलनलाई समर्थन र ऐक्यबद्धता प्रकट गर्दछौँ ।

    हाम्रो सङ्गठन शोषित–पीडित प्रवासी नेपालीको हकहितका लागि क्रियाशील सङ्गठन हो । नेपालमा आमूल परिवर्तन नभएसम्म प्रवासी नेपालीका मूल समस्याको समाधान हुँदैन । नेपालमा चल्ने न्यायपूर्ण क्रान्तिकारी आन्दोलनबिना आमूल परिवर्तन सम्भव छैन । अहिले देशमा जनताको बलिदानीपूर्ण सङ्घर्षद्वारा स्थापित गणतन्त्र र राष्ट्रिय स्वाधीनता खतरामा छ । देशको यो विकराल परिस्थितिमा गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सबै खाले भड्कावका विरुद्ध सङ्घर्ष गर्दै आन्दोलनलाई अगाडि बढाउनु आवश्यकता हो तर कतिपय व्यक्तिद्वारा क्रान्तिकारी आन्दोलनलाई नै फुट पार्ने, क्रान्तिकारी सङ्गठनलाई कमजोर पार्न सङ्गठन विरुद्ध गतिविधि सञ्चालन गरिरहेका छन् । फुटपरस्त तत्त्वद्वारा चलाइएको गतिविधि एवम् फैलाइएको भ्रमबाट सचेत रहन विश्वभरिका एकता समाजका कार्यकर्तालाई अपिल गर्दछौँ एवम् मिडिया, सङ्घसंस्था तथा सरोकारवाला निकायलाई पनि यसै वक्तव्यद्वारा जानकारी गराउँछौँ ।

    सङ्गठनको अप्रैल ४, २०२० मा सम्पन्न छैटौँ भेलाद्वारा चयन भएका कतिपय सदस्यले सङ्गठनको विरोधी गतिविधि सञ्चालन गरी सङ्गठनमा फुट पार्ने प्रयत्न गर्दै सेप्टेम्बर २७, २०२१ का दिन कथित भेला गरी समानान्तर अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नाममा समिति गठन गर्ने दुष्प्रयास गरेको हुँदा त्यस कार्यमा संलग्न सदस्य विदुर शर्मा (कोरिया), हिमाल थापा (बेल्जियम) र सल्लाहकार दुर्गा शर्मा (स्पेन) लाई समितिबाट निश्काशित गरिएको छ ।”

    मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.