• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मूल प्रवाहका क्षत्रीय तथा राज्य समितिहरु फुटपरस्त प्रवृत्तिको विरोधमा


  •   बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
  • नयाँ दिल्ली । फूटपरस्त गतिविधिमा संलग्न भएका कारणले संगठनको साधारण सदस्य समेत नरहेका व्यक्तिहरुद्वारा अक्टोबर ४–५, २०२१ का दिन गोरखपुरमा मूल प्रवाहको नाममा सम्पन्न भएको भनिएको कथित भेलाको खण्डन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका ११ क्षेत्रीय समितिहरु र २ राज्य समितिहरुले छुट्टाछुट्टै प्रेस वक्तव्य जारि गरेका छन् ।

    Advertisement

    समाजको दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापा र सचिव जनकराज पौडेलले छुट्टछुट्टै वक्तव्य जारि गरि ४ जुलाईमा सम्पन्न भेलाबाट चयन गरिएको समिति नै मूल प्रवाहको आधिकारिक केन्द्रीय समिति भएको बताउनु भएको छ । दक्षिण भारत क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिप्रति नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।

    त्यसका साथै थापा र पौडेलले अराजक तत्वहरुले भारतका विभिन्न स्थानमा छर्दै आएको भ्रममा नपर्न मूल प्रवाहका आम समर्थकहरुसम्मलाई अनुरोध गर्नुभएको छ । त्यसप्रकारका गतिविधिमा संलग्न व्यक्तिहरुका विरुद्ध सशक्त रुपमा प्रतिवाद गर्न समेत थापा र पौडेलले मूल प्रवाहका सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन गर्नुभएको छ । थापा र पौडेलले ६ अक्टुबरका दिन छुट्टाछुट्टै वक्तव्य जारि गर्नुभएको थियो ।

    त्यसैगरि मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेलले ६ अक्टुबरका दिन वक्तव्य गरि साधारण सदस्य समेत नरहेका व्यक्तिहरुद्वारा मूल प्रवाहको नाम र झण्डाको दुरुपयोग गरि अक्टोबर ४–५, २०२१ का दिन गोरखपुरमा गरेको कथित भेलाको खण्डन गर्नुभएको छ । फूटपरस्त तत्वहरुले गरेको भ्रमपूर्ण गतिविधिको भण्डाफोर गर्न पौडेलले संगठनका सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन गर्नुभएको छ । पौडेलले विज्ञप्तीमा मध्य दक्षिण क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा प्रतिवद्ध रहेको बताउनु भएको छ ।

    त्यस्तै सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटा र सचिव त्रिभुवन भट्टराईले ६ अक्टुबरका दिन संयुक्त विज्ञप्ती जारि गरि फूटपरस्त तथा अराजक तत्वहरुद्वारा आयोजित भेलाको खण्डन गर्नुभएको छ । अराजक तथा फूटपरस्त तत्वहरुले आफ्नो निहित स्वार्थका लागि भारत प्रवासमा रहेका श्रमजिवी नेपालीहरुको आस्थाको धरोहरमाथि नै हमला गर्ने कोशिस गरेको विज्ञप्तीमा उल्लेख छ । भारत प्रवासमा रहेका सम्पूर्ण श्रमजिवीहरुलाई फूटपरस्तहरुको भ्रममा नपर्न पनि विज्ञप्त मार्फत अनुरोध गर्नुभएको छ । सापकोटा र भट्टराईले विज्ञप्तीमा सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।

    त्यसैगरि पश्चिमोत्तर क्षेत्रीय समितिका का।वा। अध्यक्ष विक्रमसिंह राणले ६ अक्टुबरका दिन एक विज्ञप्ती जारि गरि फूटपरस्त तत्वहरुले मूल प्रवाहको नाममा गोरखपुरमा सम्पन्न गरेको कथित भेलाको खण्डन गर्नुभएको छ । राणाले विज्ञप्तीमा पश्चिमोत्तर क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिप्रति नै प्रतिवद्ध रहेको बताउनु भएको छ । साथै राणाले अराजक तथा फूटपरस्त तत्वहरुले सञ्चालन गरेको गुटगत गतिविधि हुँदै अब फूटमा परिणत भएकोले उनीहरुले संगठनमाथि हमाले गरेको बताउनु भएको छ। उनीहरुको भ्रममा नपर्न राणाले मूल प्रवाहका सम्पूर्ण स्तरका कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ ।

    त्यसैगरि पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेदबहादुर कार्कीले ६ अक्टुबरका दिन वक्तव्य गरि साधारण सदस्य समेत नरहेका व्यक्तिहरुद्वारा मूल प्रवाहको नाम र झण्डाको दुरुपयोग गरि अक्टोबर ४–५, २०२१ का दिन गोरखपुरमा गरेको कथित भेलाको खण्डन गर्नुभएको छ । कार्कीले विज्ञप्तीमा पश्चिम भारत क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिप्रति नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।

    त्यस्तैगरि मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष वेलबहादुर रजालीले ६ अक्टुबरका दिन एक विज्ञप्ती जारि गरि फूटपरस्त तत्वहरुले मूल प्रवाहको नाममा गोरखपुरमा सम्पन्न गरिएको कथित भेलाको खण्डन गर्नुभएको छ । रजालीले विज्ञप्तीमा पश्चिमोत्तर क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिप्रति नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।

    त्यसैगरि मध्य पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष खुम बहादुर पुनले अराजक तत्वहरुले मूल प्रवाहको नाममा गरेको कथित भेलाको खण्डन गर्नुभएको छ । भारतका विभिन्न स्थानमा छर्दै आएको भ्रममा नपर्न र त्यसप्रकारका गतिविधिमा संलग्न व्यक्तिहरुका विरुद्ध सशक्त रुपमा प्रतिवाद गर्न अध्यक्ष पुनले निर्देशन गर्नुभएको छ । पुनले विज्ञप्तीमा पश्चिमोत्तर क्षेत्रीय समिति सम्पूर्ण रुपमा दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।

    त्यस्तैगरि पूर्वी भारत क्षेत्रीय समितिका अध्यक्ष हरिप्रसाद शर्मा र सचिव गिरीराज परियारले ६ अक्टुबरका दिन संयुक्त विज्ञप्ती जारि गरि फूटपरस्त तत्वहरुले मूल प्रवाहको नाममा गोरखपुरमा सम्पन्न गरिएको कथित भेलाको खण्डन गर्नुभएको छ । शर्मा र परियारले विज्ञप्तीमा सिंगो पूर्वी भारत क्षेत्रीय समिति दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा प्रतिवद्ध रहेको बताउनु भएको छ ।

    त्यसैगरि पूर्वोत्तर भारत क्षेत्रीय समितिका अध्यक्ष हिमलाल सापकोटाले ६ अक्टोबरका दिन विज्ञप्ती जारीगरि अराजक तथा फूटपरस्त तत्वहरुले गोखरपुरमा गरिएको भेलालाई अवैधानिक भएको भन्दै खण्डन गर्नुभएको छ । सापकोटाले फूटपरस्त तत्वहरुको चलाएको हल्लाको भ्रममा नपर्न सम्पूर्ण कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । साथै दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा नै पूर्वोत्तर भारत क्षेत्रीय समिति प्रतिवद्ध रहेको बताउनु भएको छ ।

    त्यसैगरि मध्य भारत क्षेत्रीय समितिका अध्यक्ष नारायण सापकोटाले मध्य भारत क्षेत्रीय समिति दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा नै प्रतिवद्ध रहेको बताउनु भएको छ । ७ अक्टुबरका दिन एक विज्ञप्ती जारि गर्दै सापकोटाले अराजक तथा फूटपरस्त गतिविधिमा संलग्न भएको कारणले संगठनको साधारण सदस्य समेत नरहने गरि निश्काशित व्यक्तिहरुद्वारा प्रायोजित भेला अवैधानि रहेको बताउनु भएको छ । सम्पूर्ण मूल प्रवाहका सम्पूर्ण कार्यकर्ताहरुलाई अतराजक तत्वहरुले सञ्चालन गरेको फूटपरस्त गतिविधिमा संलग्न नहुन समेत अपिल गर्नुभएको छ ।

    त्यसैगरि उत्तर भारत राज्य समितिका अध्यक्ष रामप्रसाद बस्यालले फूटपरस्त तत्वहरुले सम्पन्न गरेको कथित भेलाको खण्डन गर्नुभएको छ । बस्यालले ७ अक्टुबरका दिन विज्ञप्ती जारि गरि सो खण्डन गर्नुभएको हो । बस्यालले अराजकतपूर्ण गतिविधि गर्नेहरुको पक्षमा उत्तर भारत क्षेत्रीय समिति नरहने बताउनुभएको छ ।

    त्यसैगरि ४–५ अक्टोबरका दिन गोरखपुरमा मूल प्रवाहको नाममा गरिएको कथित भेलाको हिमांचल राज्य समितिका अध्यक्ष शोभाखर पन्थले खण्डन गर्नुभएको छ । साथै पन्थले सिंगो हिमांचल राज्य समिति दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।

    त्यसैगरि उत्तराखण्ड राज्य समितिका अध्यक्ष टेकप्रसाद कंडेलले गोरखपुरमा मूल प्रवाहको नाममा गरिएको कथित भेलाको खण्डन गर्नुभएको छ । साथै कंडेलले सिंगो उत्तराखण्ड राज्य समिति दुर्गा बहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमा नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।

    बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.