अमर छन्त्याल, आयरल्याड ।
युरोप नेपाली एकता समाजले फुटपरस्त गतिविधिको कडा शब्दमा निन्दा गरेको छ । युरोप नेपाली एकता समाजका अध्यक्ष तोयानाथ कडेलले एक विज्ञप्ति प्रकाशित गरी गत सेप्टेम्बर २७ मा अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नाममा गरिएको कथित भेला अवैध भएको स्पष्ट पार्नुभएको छ ।
Advertisement
उहाँले संसारका विभिन्न ठाउँमा छरिएर रहेका श्रमजिवी नेपालीहरुको अभिभावकको रुपमा रहेको संस्थामा फुट पार्न चाहे पनि त्यो कदापी सफल नहुने बताउनुभएको छ ।
तोयानाथ कँडेल नेतृत्वको युरोप नेपाली एकता समाज नै आधिकारिक रहेको स्पष्ट पार्दै दुर्गा बहादुर केसी नेतृत्वको अन्तर्राष्ट्रिय नेपाली एकता समाजप्रति युरोप नेपाली एकता समाज प्रतिवद्ध रहेको जनाइएको छ ।

