खिमराज चालिसे, चंडिगढ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिद्वारा सञ्चालित रोपड ‘सी’ एरिया समितिका सचिव ओम बहादुर थापा र सदस्य गीता थापाको विदाइ गरिएको छ ।
ओम बहादुर रोपडबाट गुजरात जाने र गीता थापा स्वदेश जाने गरी विदाइ गरिएको हो । उहाँहरु दुवै जनालाई मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य छबिलाल सापकोटा, शिवलाल लामिछाने, महिला क्षेत्रीय विभाग अध्यक्ष सीता सापकोटा, जनजाति विभाग क्षेत्रका बिल वहादुर गुरुङ, दयाराम लामिछाने लगाएतले फूलको हार लगाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा दयाराम लामिछाने, सोभाराम सापकोटा, कमला पेमी, तारा बहादुर थापा, लाल बहादुर थापा, प्रतिक्षा थापा, लक्ष्मी सापकोटा, भीम कार्की र महिला संघ नवलपुरकी लक्ष्मी सापकोटा लगाएतले थापाद्वयलाई शुभकामना दिनुभएको थियो ।
ओमप्रकाश सापकोटाको सञ्चालन तथा दिल बहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नन्दलाल सापकोटाले स्वागत गर्नुभएको थियो ।
थापा दम्पती अर्घाखाँचीको सितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडा स्थायी निवासी हुनुहुन्छ । सन् १९९८ मा मूल प्रवाहको सदस्यता लिएर निरन्तर सक्रिय रुपमा काम गर्दै आउनुभएको छ ।

