• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह दुर्गा केसी अध्यक्ष रहेको अन्तर्राष्ट्रिय एकता समाजप्रति प्रतिबद्ध


  •   मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
  • धनवीर पुन, नयाँदिल्ली ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दुर्गाबहादुर केसी अध्यक्ष रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजप्रति प्रतिबद्ध रहेको छ ।

    Advertisement

    समाजका महासचिव ठाकुर खनालले समाजको तर्फबाट २०७८ असोज १२ गते प्रेसवक्तव्य जारी सो जानकारी दिइएको हो ।

    महासचिव खनालले वक्तव्यमा फुटपरस्त तत्त्वहरूले कथित भेलाको आयोजना गरेर दुर्गा शर्माको अध्यक्षतामा समिति गठन गरिएकोमा उक्त भेला र समिति दुवैलाई अवैधानिक बताउनुभएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “यही मिति २०७८ असोज ११ गते तदनुसार सेप्टेम्बर २७, २०२१ का दिन भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नाममा कथित छैटौँ भेला सम्पन्न भएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    उक्त कथित छैटौँ भेलाबाट समितिमा चयन भएका पदाधिकारी र सदस्यको विवरण हेर्दा सङ्गठनमा फुटपरस्त गतिविधिमा संलग्न व्यक्तिद्वारा नै सो भेला आयोजित थियो भन्ने प्रमाणित हुन्छ । उनीहरूको उदेश्य सकेसम्म सङ्गठनको नेतृत्व कब्जा गर्ने, नसके नीति, नियम, पद्धति, अनुशासनमा नबस्ने, समानान्तर गतिविधि सञ्चालन गर्ने र सङ्गठनमा फुट पार्ने नै हो । सोही योजनानुसार नै अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नाममा कथित छैटौँ भेला सम्पन्न भएको भन्न सकिन्छ ।

    सङ्गठनको नेतृत्व कब्जा गर्ने वा सङ्गठनको सामाजिक सम्पत्ति कब्जा गर्ने चाहना पूरा गर्न फुटपरस्त तत्त्वहरू असमर्थ रहेका छन् । त्यसका साथै उनीहरू देशको राजनीतिक परिदृष्यबाट पनि पूर्ण रूपमा नाङ्गिएर गएका छन् । त्यसबाट हतोत्सायी भएर विभिन्न स्थानमा समानान्तर समिति गठन गर्ने गतिविधिमा घोषित रूपले अगाडि आएका छन् ।

    विश्वका विभिन्न देशमा छरिएर रहेका श्रमजीवी नेपालीको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको छाता सङ्गठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजमा पनि फुट पार्ने र आफ्नो निहित स्वार्थपूर्ति गर्ने चाहनानुसार नै उनीहरूले सो कथित छैटौँ भेला आयोजना गरेका थिए तर उनीहरूको त्यो चाहाना कदापि पूरा हुने छैन । सङ्गठन विरोधी तत्त्वहरूले चलाएको फुटपरस्त गतिविधिलाई विश्वभरि छरिएर रहेका श्रमजीवीले अविचलित रूपमा सङ्घर्ष गर्दै परास्त गर्ने छन् ।

    अन्तमा हामी यो स्पष्ट गर्न चाहन्छौँ कि सङ्गठनको नीति, विधान, पद्धति र अनुशासनका विरुद्ध हुने कुनै पनि प्रकारका कार्यक्रम र गतिविधिप्रति भारत प्रवासमा रहेका श्रमजीवी नेपालीको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कदापि समर्थन रहने छैन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सिङ्गो सङ्गठन अध्यक्ष दुर्गाबहादुर केसीको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजप्रति नै प्रतिबद्ध भएको यसै प्रेसवक्तव्यमार्फत सार्वजनिक गर्दछौँ ।”

    मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.