• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रगतिवादको समसामयिक रूपबारे अखिल नेपाल प्रगतिशील लेखक सङ्घको एघारौँ कार्यक्रम


  •   बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले प्रगतिवादको समसामयिक रूपबारे एघारौँ मासिक कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    अन्पाका अध्यक्ष डा. गोविन्द आचार्यद्वारा विषयवस्तु प्रस्तुत गर्दै भर्चुअल माध्यमबाट २०७८ भदौ ३१ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

    “समसामयिक धाराअन्तर्गत प्रगतिवाद” शीर्षकको सो कार्यक्रममा मन्तव्य राख्दै डा. आचार्यले समसामयिक धारामा प्रगतिवाद सबैभन्दा सशक्त भएको बताउनुभयो ।

    ‘समसामयिक धारामध्ये प्रगतिवाद सबैभन्दा सशक्त प्रवृत्ति हो’ उहाँले अगाडि भन्नुभयो– ‘प्रगतिवादका सामु अन्य साहित्य निस्तेज देखिन्छन् ।’

    उहाँले अझै पनि थुप्रै साहित्यकारले समाजवादी यथार्थवादमाथि आधारित रहेर प्रगतिवादी साहित्य सृजना गरिरहेको बताउनुभयो ।
    सो अवसरमा उहाँले समसामयिक साहित्यमा देखिएको कमजोरीको पनि उल्लेख गर्नुभयो ।

    ‘२०४६ साल र २०६२–६३ सालको राजनीतिक परिवर्तनपछि कतिपय साहित्यकारहरू अलमल अवस्थामा देखिन्छन्’ उहाँले भन्नुभयो– ‘अब कता जाने ? कस्तो साहित्य लेख्ने ? त्यसबारेमा उनीहरूमा अन्यौलता पाइन्छ ।’

    डा. आचार्यले पछिल्ला राजनीतिक परिवर्तनले राजतन्त्रको अन्त गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै नयाँ जनवादी व्यवस्थाको निर्माणतर्फ अघि बढ्नुपर्ने बताउनुभयो ।

    ‘नौलो जनवादी क्रान्तिका लागि काम नगरिकन प्रगतिवाद यथास्थितिमा रोकिनुहुन्न’ उहाँले दिशानिर्देश प्रस्तुत गर्नुभयो ।

    मन्तव्यको क्रममा उहाँले विश्वविद्यालयहरूले समसामयिक साहित्यलाई विचारको आधारमा भन्दा पनि प्रविधिको आधारमा संस्थागत गर्ने प्रयास गरेकोमा आपत्ति प्रकट गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘साहित्यमा संरचनाको नाममा प्रविधिलाई बढी महत्त्व दिने, तर विचारलाई महत्त्व नदिने प्रवृत्ति गलत छ ।’

    कार्यक्रममा मन्तव्य राख्दै अन्पाका महासचिव रामप्रकाश पुरीले प्रगतिवाद मूलतः समाजवादी साहित्यिक आन्दोलन भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘द्वन्द्वात्मक भौतिकवाद प्रगतिवादको दार्शनिक प्रतिबद्धता हो ।’

    मन्तव्यको क्रममा प्रगतिवादको नाममा निरपेक्ष विरोधको तरिका सही नभएको बताउनुभयो ।

    ‘सही पक्षको पनि विरोध गर्ने, गलत पक्षको पनि विरोध गर्ने—यो तरिका सही होइन’ उहाँको भनाइ थियो ।

    सो अवसरमा उहाँले प्रगतिवादी साहित्यकारहरूले अनुशासन, पद्धति र सङ्गठनलाई नजोड्ने हो भने लेखनले मात्रै समाजमा आमूल परिवर्तन नहुने धारणा व्यक्त गर्नुभयो ।

    कार्यक्रम समीर सिंहको अध्यक्षता तथा प्रकाश थापामगरको सञ्चालनमा अघि बढेको थियो ।

    बाबुराम आचार्यले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा बाबुराम आचार्यले नै पूरक जिज्ञासा राख्नुभएको थियो ।

    बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक
    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
    ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    • २.
      विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    • ३.
      ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    • ४.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    • ५.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • ६.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ७.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ८.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.