काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा एक हजार ४८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ५३२ जनाको पिसिआर परीक्षण गर्दा एक हजार १४९ र चार हजार सात जनाको एन्टिजेन परीक्षण गर्दा ३३७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोमबार देशभर एक हजार २६० जना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् ।
हालसम्म देशभर २६ हजार ६३० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २४ हजार ९५८ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ६७२ सङ्क्रमित छन् भने ४७५ जना आइसियुमा र १३४ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ ।
देशभर २६२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।