धर्मराज शर्मा, कोट्याम (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तरगत पर्ने कोट्टयाम नगर समिति महिला विभागको दोस्रो भेला सम्पन्न भएको छ ।
भेलाको उद्घाटन धनकुमारी केसी ले गर्नुभएको थियो भने प्यानल प्रस्ताव मूल प्रवाहका केन्द्रीय सदस्य चोबनाथ शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका सह सचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, क्षेत्रीय सदस्य भद्र बहादुर श्रीस थापा, क्षेत्रीय महिला विभागका धनकुमारी केसी, नगर सदस्य कृष्ण प्रसाद शर्मा, एकराज पौडेल, विद्यार्थी मोर्चा कोट्टयाम नगर समितिका सदस्य अस्वदि शर्माको आतिथ्यता रहेको थियो ।
भेलाले ११ पूर्ण, चार वैकल्पिक, चार सल्लाहकार गरी १९ जनाको समिति चयन गरेको छ । धन कुमारी केसीको अध्यक्षतामा गठित समितिको सचिवमा बालीका देवी शर्मा, सहसचिव पुष्पा देवी शर्मा र कोषाध्यक्ष खुमा देवी, शर्मा तथा सदस्यहरुमा खिरमयाँ थापा, रुपा पौडेल, देवी रिजाल अधिकारी, सम्झना श्रीस, कुमारी थापा, पबित्रा देवी शर्मा, लक्ष्मी पौडेल, वैकल्पिक सदस्यमा मिना सापकोटा, दुर्गा देवी शर्मा, सीता पराजुली, लक्ष्मी रिमाल, सल्लाहकारमा दिल मायाँ विक, सपना पौडेल र सरस्वती ओझा रहनुभएको छ।
कार्यक्रममा पुष्पा देवी शर्मा, रुपा पौडेल, लक्ष्मी पौडेल देवि रिजाल अधिकारी, दिल मायाँ विकले शुस्भकामना मन्तव्य दिनुभएको थियो । चोबनाथ शर्मा, धर्मराज शर्मा, भद्रबहादुर श्रीस थापा, धनकुमारी केसी, एकराज पौडेल, कृष्ण प्रसाद शर्मा, अस्वति शर्माले नब निर्वाचित कार्यकारणीलाई बधाई तथा कार्यकाल सफलताको शुस्भकामना दिनुभयको थियो।
बालिका देवी शर्माको सञ्चाल र खिरमायाँ थापाको अध्यक्षताबाट अगाडि बडेको कार्यक्रममा खुमा देवी शर्माले स्वागत मन्तव्य र रक्तिम सांस्कृतिक परिवार कोट्टयामका कलाकारले गीतबाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न प्रगतिशील तिजी गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।