• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मसालका प्रवक्ता पुरीको उद्घोष– एमसिसी सजिलै पास गर्ने सपना नदेखे हुन्छ (फोटो/भिडियोसहित)


  •   मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा
    काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले देउवा सरकारलाई सजिलैसँग एमसिसी पारित गर्ने सपना नदेख्न उद्घोष गर्नुभएको छ ।

    Advertisement

    ‘देउवा सरकारले सजिलैसँग एमसिसी पारित गर्ने सपना नदेखे हुन्छ’ उहाँले भन्नुभयो– ‘५५ अरबका लागि देशको सार्वभौमसत्ता बेच्च मिल्दैन ।’

    राष्ट्रिय जनमोर्चा काठमाडौँद्वारा राजधानीको शान्तिवाटिकामा २०७८ भदौ २२ गते आयोजित विरोधसभामा मन्तव्य राख्दै प्रवक्ता पुरीले यस्तो उद्घोष गर्नुभएको हो ।

    मन्तव्यको क्रममा उहाँले भन्नुभयो– ‘यदि देउवा सरकारले त्यस्तो ग¥यो भने नेपाली जनताले कहिल्यै माथि उठ्न नमिल्ने गरी तल झारिदिने छन् ।’

    उहाँले एमसिसी नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विरुद्धमा रहेकाले देशैभरिबाट विरोध भइरहेको सरकारलाई स्मरण गराउनुभयो ।

    ‘एमसिसीको विरोध हामीले मात्रै गरिरहेका छैनौँ’ उहाँले भन्नुभयो– ‘आजै यहीँ राजधानीको विभिन्न स्थानमा र देशैभरि विरोधसभा सम्पन्न भइरहेका छन् ।’

    प्रवक्ता पुरीले एमसिसी विरुद्धको आन्दोलन एकल वा संयुक्त रूपमा देशव्यापी रूपमा अगाडि बढाइने जानकारी पनि दिनुभयो ।

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले नेपालमा आफ्नै संविधान र ऐनकानुन लागु गर्नबाट बञ्चित गर्ने भएकाले एमसिसी सार्वभौमसत्ता विरोधी परियोजना भएको दाबी गर्नुभयो ।

    ‘५५ अरब दिएँ भन्दैमा, अझ त्यसमा नेपालले पनि १३ अर्ब मिसाउनुपर्ने’ अध्यक्ष पुनले आश्चर्य व्यक्त गर्नुभयो– ‘अनि, अमेरिकी साम्राज्यवादले नेपाली भूमिमा परेड खेलिरहने ?’

    उहाँले सहयोग अनुदान दिने भनेर नेपालको कानुन निष्क्रिय बनाउने, लेखापरीक्षणसमेत नेपालले गर्न नपाउने र बौद्धिक सम्पत्तिमाथि अमेरिकाको अधिकार हुने प्रावधान स्पष्ट रूपमा नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको बताउनुभयो ।

    चीनलाई कमजोर पार्ने उद्देश्यले एमसिसी अगाडि सारिएको दाबी गर्दै उहाँले भन्नुभयो– ‘यदि एमसिसी पारित गरियो भने नेपाली जनताले शासकलाई धिक्कार्ने छन् र पुनः अर्को आन्दोलन चल्ने छ ।’

    कार्यक्रममा मन्तव्य राख्दै राजमो केन्द्रीय सदस्य लालबहादुर थापाले राष्ट्रिय जनमोर्चाले राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र स्वाधीनताका लागि निरन्तर सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।

    एमसिसी विरुद्धको सङ्घर्ष त्यही सङ्घर्षको एउटा सिलसिला भएको पनि उहाँको भनाइ थियो ।

    राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेको अध्यक्षता तथा नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीको सञ्चालनमा सो कार्यक्रम अघि बढेको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानले “खबरदार दलालहरू” शीर्षकको गीत प्रस्तुत गरेको थियो ।

    मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.