• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

महिला संघ र रक्तिम सांस्कृतिक अभियानले सम्पन्न गरे प्रगतिशील तिजी कार्यक्रम (फोटोसहित)


  •   आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
  • चन्द्राकुमारी श्रीस, काठमाडौँ ।
    अखिल नेपाल महिला सङ्घ र रक्तिम सांस्कृतिक अभियानले प्रगतिशील तिजी कार्यक्रम–२०७८ सम्पन्न गरेका छन् ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा २०७८ भदौ २० गते भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै राजमो अध्यक्ष केसीले गीतसङ्गीतको माध्यमबाट नेपालमा प्रगतिशील जागरण ल्याउने प्रयास गर्नुलाई राम्रो कामको सङ्ज्ञा दिनुभयो ।

    देशको समसामयिक परिस्थितिबारे धारणा राख्दै उहाँले एक देशबाट अर्को देशमा जाँदा तुइनबाट जानु दुखद परिघटना भएको बताउनुभयो ।

    ‘एक देशबाट अर्को देशमा जानुपर्दा तुइनबाट नदी तर्नुपर्ने, तर विदेशी सुरक्षाफौजले तुइन काटिदिँदा ज्यान गुमाउनुपर्ने’ अध्यक्ष केसीले भन्नुभयो– ‘त्योभन्दा पनि ठुलो विडम्बना त्यसरी आफ्ना नागरिकको मृत्यु हुँदा सरकारले केही गर्न नसक्ने ।’

    उहाँले सरकारसित तुइनबाट सीमा पार गर्दा ज्यान गुमाएका पदमसिंह धामीको हत्यारालाई कारबाही हुनुपर्ने, भारतले माफी माग्नुपर्ने र धामीको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो ।

    एमसिसीको सन्दर्भमा पहिलेको सरकारले पनि यसलाई पास गर्न खोजेको स्मरण गर्नुभयो ।

    ‘पहिलेको ओली सरकारले पनि एमसिसी पास गर्न खोजेको थियो, अहिलेको देउवा सरकारले पनि पास गर्न खोजेको देखियो’ उहाँले अगाडि भन्नुभयो– ‘सत्ता र शक्तिमा रहनका लागि विदेशी शक्तिकेन्द्रको चलखेललाई सघाउने काम अहिले पनि भइरहेको छ ।’

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाले पनि मन्तव्य राख्नुभएको थियो ।

    मन्तव्यको क्रममा उहाँले एक्काइसौँ शताब्दीसम्म आइपुग्दा पनि विश्वमा महिलाप्रति हेर्ने सामन्ती तथा पुँजीवादी दृष्टिकोण यथावत नै रहेको बताउनुभयो ।

    ‘अहिले पनि सामन्ती र पुँजीवादी दृष्टिकोणअनुसार महिलालाई खेलौनाको रूपमा बुझ्ने गरिन्छ’ रानाले यस प्रकारको दृष्टिकोणलाई परास्त गर्नका लागि महिला सङ्घ र रक्तिमले सशक्त भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    मन्तव्यको क्रममा अफगानिस्तानमा तालिबान कट्टरपन्थीको सत्तारोहणसँगै त्यहाँका महिलाको अवस्था गम्भीर प्रकारले प्रभावित हुने बताउनुभयो ।

    अध्यक्ष रानाले मन्तव्यको क्रममा सहिद सरोज शर्माद्वारा रचित गीत ‘मेरो केही दोष भए एकछेउ, सामन्तको नाइकेलाई भनिदेऊ’ समेत गाउनुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद पियारी थापा र लुम्बिनी प्रदेशमा राजमो सांसद तारा जिसीले पनि सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापा, राजमो नेता आनन्द शर्मा, प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंह, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कमला पौडेलको पनि आतिथ्यता रहेको थियो ।

    महिला संघका कोषाध्यक्ष ऋतु केसीको सञ्चालन तथा रक्तिम अभियानका केन्द्रीय सचिव हेमराज आश्रमले स्वागत गर्नुभएको थियो ।

    सो अवसरमा केन्द्रीय सचिव हेमराज पुनको नेतृत्वमा रक्तिमको टोलीका साथै चितवन, चण्डीगढ, बागलुङ, पान्डिचेरी, काठमाडौँ, हैदरावाद वापी गुजरात र निलगिरीबाट तिज गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो ।

    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.