दाङ । जातीय समता समाजक केन्द्रीय समितिको बिस्तारित बैठक दाङको घोराहीमा बुधबार सुरु भएको छ । संगठनको राष्ट्रिय सम्मेलनको पुर्ब तयारीको रुपमा राखियको बिस्तारित बैठक समाजका अध्यक्ष दिल बहादुर बिकको अध्यक्षता र सल्लाहकार राजेस बिकको प्रमुख आथित्यतामा सुरु भएको छ ।
Advertisement
बैठकको उद्घाटन अखिल नेपाल युबक संघका पुर्ब अध्यक्ष कासिनाथ पोख्रेल,राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य , अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य राम बहादुर जिएम लगायतले सुभकामना मन्तब्य राख्नु भएको थियोे ।
केन्द्रीय उपाध्यक्ष टीका बिकको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन समाजका महासचिव गोबिन्द बिकले गर्नु भएको थियोे । बैठक भोलि सम्म चल्ने छ ।