टिकापुर । भारतले दार्चुलाको कालापानी लगायतका क्षेत्र समेटेर सार्वजनिक गरेको जाली नक्सा विरुद्ध कैलालीमा युवाले खबरदारी गरेका छन् । जाली नक्सा सच्याउन माग गर्दै बुधबार कैलालीको टिकपुरमा अखिल नेपाल युवक संघ सुदूरपश्चिम प्रदेश समितिले विरोध सभा सम्पन्न गरेको हो ।
सभालाई अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रशान्त थापा,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दयाराम सञ्जयाल,युवक संघका कैलाली जिल्ला अध्यक्ष रामकृष्ण रेग्मीलायतका वक्ताहरुले भारतीय सेनाले कालापानी नछोडे आफुहरु जस्तो सुकै कदम चालन तयार रहेको चेतावनी दिनुभयो । उहाँहरुले कन्दमुल खाएर बाँचन तयार रहेको तर देशको लागि आफुहरु कहिलै नझुक्ने समेत बताउनु भयो ।
कालापानी,लिपुलेक र लिम्पीयाधुरा हाम्रो हो, भारतीय साम्राज्यवादी सेना फिर्ता गर । भरतीय जाली नक्सा खारेज गर । भन्ने नारासहित युवक संघ सुदुरपश्मि प्रदेश समितिले सुदूरपश्चिमका जिल्लाहरुमा विरोध सभाहरु गर्ने भएको छ । सभाको सञ्चालन युवक संघका प्रदेश कोषाध्यक्ष दशरथ सुवेदीले गर्नुभएको थियो ।