• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेकपा (मसाल) दक्षिणपन्थी भयो भन्ने आरोपमा सत्यता छैन : प्रवक्ता रामप्रकाश पुुरी (भर्चुअल अन्तर्वार्तासहित)


  •   शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले आफ्नो पार्टीलाई दक्षिणपन्थी भयो भन्ने आरोपमा कुनै सत्यता नभएको बताउनुभएको छ ।

    Advertisement

    युगदर्शनका लागि २०७८ साउन २९ गते प्रकाश थापामगरलाई भर्चुअल अन्तर्वार्ता दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    ‘कसैलाई लागेकै कारणले हाम्रो पार्टी दक्षिणपन्थी हुने होइन नि’ उहाँले भन्नुभयो– ‘पहिले पनि हामीलाई यस्ता आरोप लाग्दै आएको छ, तर मुख्य कुरा हामीले क्रान्तिकारी लिएका नीति लिएका छौँ कि छैनौँ भन्ने हो ?’

    प्रवक्ता पुरीले नेपालको इतिहासले नेकपा (मसाल) ले क्रान्तिकारी नीति अपनाइरहेको व्यवहारमै पुष्टि भइसकेको बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चा सरकारबाट स्वच्छ छविका साथ फर्कियो

    २०७२ सालमा मधेसवादी र राप्रपासित मिलेर सरकार बनाएदेखि पार्टी दक्षिणपन्थी भएको भन्ने आरोपलाई प्रवक्ता पुरीले ठाडै अस्वीकार गर्नुभयो ।

    ‘राष्ट्रिय जनमोर्चा सरकारमा गयो, तर स्वच्छ छविका साथ फर्कियो’ उहाँले तत्कालीन ओली सरकारले ९० प्रतिशत जनसङ्ख्या र १० प्रतिशत भूगोललाई आधार बनाएर निर्वाचन क्षेत्र कायम गर्ने गरी ल्याएको संविधान संशोधनको विरुद्ध राजमो अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको प्रसङ्ग जोड्दै उहाँले प्रश्न गर्नुभयो– ‘ओली सरकारले ल्याएको विधेयकका विरुद्ध सरकारकै उपप्रधानमन्त्री केसीजी उभिनुभयो । यस्तो कसैले गर्न सक्छ ?’

    लामो समय चुनावमा भाग लिएकाले दक्षिणपन्थी भइँदैन

    त्यसैगरी लामो समयसम्म चुनावमा भाग लिएकै कारणले पार्टी दक्षिणपन्थी भयो भन्ने आरोपको प्रतिवाद गर्दै उहाँले भन्नुभयो– ‘यो त कुनै राजनीतिक तर्क भएन ।’

    उहाँले प्रतिप्रश्न गर्नुभयो– ‘त्यसो हो भने त हामी लामो समयदेखि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने बताइरहेका छौँ । तर अझैसम्म नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिरहेका छैनौँ । के त्यसो गर्न नसकेकोमा झुन्डिएर मर्ने ?’

    उहाँले यस खालको तर्कलाई राजनीतिक तर्क नै नभएको बताउनुभयो ।

    ‘अहिले कसैले भन्न सकेका छैनन्, यतिखेर चुनाव बहिष्कार गर्नुपर्छ वा भर्खरै हतियार उठाउनुपर्छ’ प्रवक्ता पुरीले भन्नुभयो– ‘अहिलेको  सही नीति चुनाव उपयोग नै गर्ने हो । चुनाव उपयोग गरेकैले कोही दक्षिणपन्थी हुन्न ।’

    शुद्धीकरणमा अनुशासनविहीनलाई पूजा गरिँदैन

    पार्टीबाट निष्काशनमा परेकाहरूले पार्टीभित्र चलाइएको शुद्धीकरणलाई भिन्नमतलाई सफाया गर्ने साधन दाबी गरिरहेका बेला प्रवक्ता पुरीको टिप्पणी थियो– ‘यो त उनीहरूको रुन्चे कुरा हो ।’

    ‘शुद्धीकरण पार्टीसदस्यमा विद्यमान अनियमितता, निष्क्रियता, ढिलासुस्ती, अराजकताजस्ता कमजोरी हटाउने एउटा विधि हो’ उहाँले भन्नुभयो– ‘शुद्धीकरणले पार्टीभित्र गुटबन्दी गर्ने, पार्टीभित्र पार्टी चलाउन खोज्ने, गोपनियता सार्वजनिक रूपमै खोल्नेजस्ता प्रवृत्तिलाई समर्थन गर्दैन ।’

    उहाँले शुद्धीकरणभित्र पार्टी अनुशासन नमान्ने र पार्टी गोपनियता खोल्नेलाई अनुशासनविहीनहरूले माग गरे झैँ सम्मानित स्थान दिन नसकिने भन्दै भन्नुभयो– ‘शुद्धीकरणले अनुशासनविहीन र गोपनियता भङ्ग गर्नेहरूलाई पूजा गर्दैन ।’

    भिन्न विचार भएकै कारणले कारबाही गरिन्न

    भिन्न विचार भएकै कारणलाई कसैलाई पनि पार्टीबाट कारबाही नहुने बताउँदै उहाँले भन्नुभयो– ‘भिन्न विचार भएकालाई पार्टीबाट निकाल्ने भए त आठौँ महाधिवेशनमा बहुमत पक्षको राजनीतिक प्रस्तावहरू पारित भइसकेपछि वा नयाँ नेतृत्व चयन भइसकेपछि हलबाटै पूर्व अल्पमतलाई निकालिसकिएको हुन्थ्यो ।’

    उहाँले प्रष्ट भन्नुभयो– ‘हाम्रो पार्टीमा भिन्न विचार राखेकै कारणले कसैलाई कारबाही गरिएको छैन र गरिन्न पनि ।’

    अनुशासन खालि तल्लो समितिकालाई र भिन्नमत राख्नेलाई मात्र भएको आरोपको प्रतिवाद गर्दै प्रवक्ता पुरीले भन्नुभयो– ‘अनुशासन सबैलाई लागु हुन्छ, महामन्त्रीलाई, प्रवक्तालाई र सामान्य पार्टीसदस्यलाई पनि ।’

    पार्टीभित्र अनुशासनविहीनता वा गल्तीबापतको कारबाही अहिले पनि भइरहेको बताउँदै उहाँले यसलाई पार्टीको सामान्य प्रक्रिया बताउनुभयो ।

    ‘पार्टी छँदा अहिलेका अनुशासनविहीनले धेरै जनवाद प्रयोग गरे’ पुरीले अगाडि भन्नुभयो– ‘कहिलेकाहिँ त यस्तो लाग्न थाल्थ्यो, अरू पार्टीसदस्यका जनवादी अधिकार पो कुण्ठित हुन्छन् कि ?’

    दस्तावेज परिवर्तन भयो भन्नुको कुनै अर्थ छैन

    अनुशासनविहीनहरूले आठौँ महाधिवेशनद्वारा पारित प्रस्तावमा फेरबदल गरिएको आरोपको सम्बन्धमा प्रवक्ता पुरीले खण्डन गर्नुभयो ।

    ‘मलाई लाग्छ’ उहाँले अगाडि भन्नुभयो– ‘अहिले कारबाहीमा परेका साथीहरूलाई दस्तावेजमा परिवर्तन भनेको के हो ? थाहै रहेनछ ।’

    उहाँले विस्तारपूर्वक भन्नुभयो– ‘महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज मस्यौदा प्रकृतिका हुन्छन् । त्यसमा पक्षविपक्ष मात्रै होइन, सुझाव, सल्लाह पनि आएका हुन्छन् । ती संशोधन कतिपय लिखित आएका हुन्छन् । तिनीहरूलाई आयोजकले स्वीकार्छ, कसैलाई स्वीकार्दैन पनि । यसरी बहुमतले पारित भएका र स्वीकृत सुझावलाई महाधिवेशनपछि लिपिबद्ध गरिन्छ ।’

    महाधिवेशनमा पारित मूल ट्रेन्डको आलोकमा अरू संशोधन, सुझाव स्वीकार गरिने बताउँदै उहाँले भन्नुभयो– ‘दस्तावेजमा सिङ्गो वाक्य खोज्ने होइन, मूल ट्रेन्ड हेर्ने हो, पारित मूल राजनीतिक कार्यदिशा हेर्ने हो ।’

    ‘अहिले आठौँ महाधिवेशनको दस्तावेज फेरबदल भयो भन्नेहरूको कुनै दस्तावेज पारित भएको थिएन र पारित  दस्तावेजलाई उनीहरूले आफ्नो दस्तावेज स्वीकारेका पनि थिएनन्’ प्रवक्ता पुरीले भन्नुभयो– ‘त्यसकारण दस्तावेजमा परिवर्तन भयो भन्नुको कुनै अर्थ छैन ।’

    पार्टीसदस्यले कुनै पनि बेला पार्टीको हिसाब हेर्न सक्छन्

    राष्ट्रिय जनमोर्चाका पूर्व कोषाध्यक्ष ओमबहादुर केसीले नेकपा (मसाल) मा आर्थिक अनियमितता भएको भन्ने आरोपलाई उहाँले अस्वीकार गर्नुभयो ।

    ‘हामी ओमबहादुरजीलाई चुनौती दिन चाहान्छौँ’ उहाँले भन्नुभयो– ‘कहाँ, कहिले, कुन विषयमा, कति रकम अनियमतता भएको हो ? उहाँले पुष्टि गर्न सक्नुपर्छ ।’

    कम्युनिस्ट पार्टीको हिसाब सार्वजनिक नहुने, तर वैधानिक मोर्चा र जनवर्गीय सङ्गठनको हिसाबको लेखा परीक्षण हुने अन्तर्राष्ट्रिय प्रचलन स्मरण गराउँदै प्रवक्ता पुरीले भन्नुभयो– ‘तर पार्टीसदस्यलाई हिसाब हेर्ने अधिकार छ र हामीले पार्टीसदस्यले चाहेको कुनै पनि बेला हिसाब देखाउन तयार रहँदै आएका छौँ ।’

    अन्तर्वार्ताको क्रममा उहाँले ओमबहादुर केसीमा सामान्य नैतिकसमेत नभएको बताउनुभयो ।

    ‘देशनिकालामा परेकाले पनि आफ्नो देशप्रति गद्दारी गर्दैनन्’ उहाँले भन्नुभयो– ‘ओमबहादुरजीले त पार्टीको आस्था र भावनामाथि चोट पुर्याएर जानुभयो ।’

    पुरीले भन्नुभयो– ‘उहाँ एकदम गलत मान्छे हुनुहुँदो रहेछ, पार्टीको सूचना पाउने ठाउँमा पुगेपछि उहाँले पार्टीका ती गोप्य सूचनाको दुरुपयोग गर्नुभयो । उहाँले नैतिकताको सीमा नाघ्नुभयो ।’

    उहाँले आह्वान गर्नुभयो– ‘पार्टीसदस्यहरू ¤ नेकपा (मसाल) तपाईंहरूको पसिनाले हुर्किएको पार्टी हो । आउनुस्, तपाईंहरूले कुनै पनि बेला हिसाब हेर्न सक्नुहुन्छ ।’

    अहिले वाम ध्रुवीकरणको होइन, कार्यगत एकताको समय हो

    कतिपय व्यक्तिले वाम ध्रुवीकरणको कुरा गरेकोमा प्रवक्ता पुरीले सिद्धान्ततः त्यसप्रति आफूहरूलाई कुनै आपत्ति नभएको बताउनुभयो ।

    उहाँले ठोस रूपमा भन्नुभयो– ‘तर अहिलेको तात्कालिक अवस्था र आवश्यकता वाम धु्रवीकरणको होइन, कार्यगत एकताको हो ।’

    ‘प्रतिगमन, एमसिसी, कालापानी अतिक्रमण, कोभिड उपचारजस्ता विषयमा विभिन्न स्तरका सहकार्य भइरहेकै छ’ उहाँले भन्नुभयो– ‘तर प्रतिगमनको विरुद्ध सङ्घर्ष आवश्यक र अपरिहार्य भइरहेका बेला खालि वाम धु्रवीकरणको कुरा गरेर हुँदैन । त्यसले देशलाई सही दिशा दिँदैन ।’

    उहाँको थप भनाइ थियो– ‘नीति, सिद्धान्त र पद्धति छोडेर राजनीतिक ध्रुवीकरण होइन, खालि जमघट मात्रै हुन्छ ।’

    गुणदोषको आधारमा समर्थन वा विरोध

    केन्द्र, गण्डकी र लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा समर्थित सरकार रहेको सन्दर्भमा प्रवक्ता पुरीले भन्नुभयो– ‘हामी सरकारमा सामेल छैनौँ । त्यसैले सरकारको गुणदोषको आधारमा हामीले समर्थन वा विरोध गर्ने छौँ ।’

    ‘सरकार राष्ट्रियताको विरोधमा गए, जस्तो कि कालापानी अतिक्रमणको विरोध नगर्ने वा एमसिसी पारित गर्ने जस्ता विषय आयो भने हामीले विरोध गर्ने छौँ’ उहाँले भन्नुभयो– ‘सरकारले राम्रो काम गरेमा हाम्रो समर्थन पनि रहन्छ ।’

    त्यस क्रममा उहाँले गत ओली सरकारलाई पनि विरोधसहितको समर्थन गरेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि भिडियो हेर्नुहोस्)

    शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.