काठमाडौं । गएको २४ घण्टामा नेपालमा ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१८ हजार ५८२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
Advertisement
यो अवधिमा २ हजार ११८ जना डिस्चार्ज भएका छन्। यस्तै, आज २७ जनाको मृत्यु भएको छ। योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार २३९ पुगेको छ।
आज काठमाडौं उपत्यकामा १ हजार ३२७ जना संक्रमित फेला परेका छन्। जसमा काठमाडौंमा ७९९, ललितपुरमा १६६ र भक्तपुरमा १६२ जना रहेका छन्।
आज देशभर ३८ हजार ७९८ जना सक्रिय संक्रमित रहेका छन्। हिजो नेपालमा ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको थियो भने २ हजार २९४ जना डिस्चार्ज भएका थिए।
यस्तै, हिजो ३२ जनाको मृत्यु भएको थियो। हिजो काठमाडौं उपत्यकामा १ हजार १३३ जना संक्रमित फेला परेका थिए भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० जना रहेको थियो।

