काठमाडौं । गत २४ घण्टामा नेपालमा थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् ।
यो अवधिमा १ हजार ८८५ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप ३० जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार १८० पुगेको छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा ९६४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख २३ हजार २९६ जना र एन्टिजेन विधिबाट ७२ हजार ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
नयाँ संक्रमित थपिएसँग देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसन, ३ हजार २२० जना संस्थागत आइसोलेसन, ७९६ जना सघन उपचार कक्ष र १८४ जना भेन्टिलेटरमा रहेका छन् ।

