काठमाडौं । गएको २४ घण्टामा नेपालमा ३ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ५९४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् ।
Advertisement
जसमा ६ हजार १४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ र १० हजार ४४५ जनाको पी सीआर गर्दा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा १ हजार ७८४ जना डिस्चार्ज भएका छन् ।
आज २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ११५ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा ९३९ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ६२४, ललितपुर १६५ र भक्तपुर १७० रहेका छन् ।
नेपालमा आज ३६ हजार २८८ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा अहिलेसम्म १ लाख ४५ हजार ३० जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।