काठमाडौँ । कोरोना विरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौँ महानगरपालिकामा साउन १४ गतेदेखि पुनः भेरोसेल खोप लगाउन सुरु गरिएकोे छ । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ ।
Advertisement
यसका लागि ३२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । महानगरका सहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार सबै वडाबाट बिहान १० बजेदेखि नै खोप कार्यक्रम सुरु भइसकेको र साँझ ५ बजेसम्म जारी रहने छ ।
खोप लगाउनेले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर आउनुपर्ने र ती प्रमाणपत्र नभएका व्यक्तिले सम्बन्धित वडाको सिफारिस ल्याउनुपर्ने उहाँले बताउनुभयो । दुबै र पहिलो पटक मात्र गरी हालसम्म करिब तीन लाख नगरवासीले खोप लगाइसकेका छन् ।

