काठमाडौं । कतार नेपाली एकता समाजले अखिल नेपाल युवक संघ काठमाडौंका कोषाध्यक्ष अमृत आचार्यलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
Advertisement
एकता समाजले अमृतका दाजु अर्जुन आचार्यको नाममा एक लाख ५६ हजार एकसय ८६ रुपैयाँ पठाएको कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाइवाले जानकारी दिनुभयो ।
जन गायक जीवन शर्माका छोरा अमृत पेटमा जटिल समस्या देखिएपछि काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ ।

