काठमाडौँ । कोभिड–१९ विरुद्धको थप १० लाख डोज चिनियाँ भेरोसल खोप २०७८ साउन ७ गते काठमाडौँ आइपुगेको छ ।
Advertisement
बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
एवम् प्रकारले थप १० लाख डोज खोप ल्याउन निगमको अर्को जहाज आजै चीन जाँदै छ । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार आज राति ११ बजे निगमको जहाज बेइजिङ उड्ने भएको छ ।
बाँकी अरू डोज ल्याउन शनिबार उक्त जहाज फेरि बेइजिङ जाने कार्यक्रम छ ।
नेपालले चीनको खोप उत्पादक कम्पनी सिनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।