काठमाडौं । नेपालमा गएको २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।
Advertisement
यो अवधिमा थप १ हजार ६६७ जना निको भएका छन्। आज २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सहित नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ९ हजार ५५० पुगेको छ।
हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।