काठमाडौं । नेपालमा गएको २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १४ हजार १८२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्।
Advertisement
यो अवधिमा १ हजार ७७५ जना निको भएका छन्। आज ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ९ हजार ५०६ पुगेको छ।
आज काठमाडौं उपत्यकामा ५४१ संक्रमित थपिएका छन्। जसमा काठमाडौं ३४३, ललितपुर १३६ र भक्तपुरमा ६२ जना रहेका छन्।

