काठमाडौं । अमेरिकाले सहयोग गरेको कोरोनाविरुद्ध १५ लाख ३४ हजार ८५० डोज डोज खोप काठमाडौं आइपुगेको छ । जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप कतार एयरवेजको जहाजमार्फत सोमबार बिहान काठमाडौं ल्याइएको हो।
Advertisement
कतार एयरवेजको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप झारेपछि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।
अमेरिकी सरकारले उपहारस्वरूप दिएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षसम्मका नागरिकलाई लगाउने तयारी गरिएको मन्त्री श्रेष्ठले बताएका बताउनुभयो । खोप अभियान छिट्टै सञ्चालन गर्ने पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।
अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रममार्फत पठाएको जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्रै लगाइने खोप हो ।