• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

पाँच विद्यार्थी संगठनको आन्दोलनप्रति राष्ट्रिय जनमोर्चा प्रतिबद्ध : केसी (भिडियो)


  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा,काठमाडौँ ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी शर्मा ओलीको प्रतिगामी कदमका विरुद्ध पाँच विद्यार्थी सङ्गठनले चलाइरहेको संयुक्त आन्दोलनप्रति राजमोको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    Advertisement

    राजमो केन्द्रीय कार्यालय कपनमा २०७८ असार २४ गते पाँचै विद्यार्थी सङ्गठनका नेताहरूसितको भेटघाटमा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

    सो अवसरमा अध्यक्ष केसीले पाँच दलको आआफ्ना नीति, सिद्धान्त रहेको र सोहीअनुसार आपसमा मतभेद भए पनि केपी ओलीको प्रतिगमनको विरुद्ध सहकार्य कायम रहेको बताउनुभयो ।

    उहाँले अहिले राजनीतिक वृत्तमा पाँच दल पनि ओलीजस्तै हुन् भनेर बदनाम गर्न खोजे पनि आफूहरू प्रतिगमनको विरुद्ध लडेकाले बेग्लै स्थिति रहेको दावी गर्नुभयो ।

    उहाँले प्रतिगमनलाई २०६२–६३ जनान्दोलनद्वारा प्राप्त उपलब्धिलाई घरको सङ्ज्ञा दिनुभयो ।

    ‘घरमा आगो लागिसकेपछि त्यसलाई निभाउन सबै मिल्नुपर्यो नि’ उहाँले अगाडि भन्नुभयो– ‘यस्तो बेलामा पनि आपसी मतभेद देखाएर हुन्छ र ?’ उहाँले थप्नुभयो– ‘त्यसो गर्ने हो भने त प्रतिगमनलाई परास्त गर्नै सकिन्न नि ।’ विद्यार्थी नेताहरूसित सङ्क्षिप्त कुराकानीमा उहाँले विगत स्मरण गर्नुभयो ।

    ‘हामी गिरिजाप्रसाद कोइरालाको शासनका विरुद्ध लडेका थियौँ । उहाँले पनि हामीलाई माले, मसाले, मण्डले एकै हुन् भन्नुहुन्थ्यो’ अध्यक्ष केसीले भन्नुभयो– ‘जब राजा ज्ञानेन्द्रले सीमित बहुदलीय व्यवस्था कू गरेका विरुद्ध हामी सात दल र माओवादी मिलेर २०६२–६३ को आन्दोलन लड्यौँ ।’

    त्यो संयुक्त आन्दोलनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएको बताउँदै अध्यक्ष केसीले अहिले पनि स्थिति फेरि त्यही प्रकारको उत्पन्न भएको बताउनुभयो ।

    अध्यक्ष केसीसित भेट गर्नका लागि अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजिव ढुङ्गाना, अखिल (क्रान्तिकारी) का रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठसहितको टोली राजमो कार्यालय कपन पुगेको थियो ।

    विद्यार्थी नेताहरूले आफूहरूको आन्दोलनप्रति प्रतिबद्धता जनाउन आग्रह गर्दै अध्यक्ष केसीलाई प्रतिबद्धता पत्र बुझाएका थिए ।

    पाँच विद्यार्थी सङ्गठनले ओलीको प्रतिगमनका साथै निःशुल्क, शिक्षा, रोजगारी र स्वास्थ्यसमेतमा विषय समेत गरेर यतिखेर दोस्रो चरणको आन्दोलन सञ्चालन गरिरहेका छन् ।

    भेटघाट कार्यक्रममा राजमोका महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधु क्षेत्री तथा प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहको सहभागिता रहेको थियो ।

    बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.