काठमाडौं । गएको २४ घण्टामा नेपालमा थप २ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ९८५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ३ हजार ८५५ परीक्षण एन्टिजन विधिबाट परीक्षण गरिएको हो। मन्त्रालयका अनुसार आज (विहिबार) थप ३३ जनाको मृत्यु भएको छ ।
कुल परीक्षणको २५ प्रतिशतमा संक्रमण देखिएको हो। सो अवधिमा ४ हजार १७ जना संक्रमणमुक्त भएपछि निको हुनेको संख्या ९३.७ प्रतिशत पुगेको छ।
हाल सम्म नेपालमा संक्रमितको कुल संख्या झन्डै छ लाख ७६ हजार पुगेको छ भने मृतकको संख्या हजार १४५ पुगेको छ।
अहिले कुल २८ हजार ३७४ जनामा सक्रिय संक्रमण रहेको र तीमध्ये २ हजार ९९४ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
त्यस्तै, काठमाडौं उपत्यकामा ४१९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३१६ ललितपुरमा ७४ र भक्तपुरमा २९ जना रहेका छन्।

