काठमाडौँ । गत २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
Advertisement
११ हजार ६४० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।
यो अवधिमा ३ हजार ८५३ जना सङ्क्रमणमुक्त भएका छन् ।
सोमबार ४२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ५१ पुगेको छ ।
सोमबार काठमाडौँ उपत्यकामा ५१६ जनामा सङ्क्रमण देखिएको छ, जसमा काठमाडौँ ३५५, ललितपुर ११२ र भक्तपुर ४९ जना रहेका छन् ।