काठमाडौं । गएको २४ घण्टामा नेपालमा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Advertisement
१६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा थप ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।
यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८१३ पुगेको छ।
काठमाडौं उपत्यकामा आज ४७६ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ३१०, ललितपुरमा ९९ र भक्तपुरमा ६७ जना रहेका छन्।

